१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

म निरन्तर विकासका पक्षमा छु : बागमती प्रदेश मुख्यमन्त्री पौडेल



बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन् ।

मकवानपुरको हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा बुधबार आयोजित समाहरोमा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने धारणा राखे ।

उनले प्रदेश सरकारले छोटो अवधिमा दीर्घकालीन प्रभाव पार्ने खालका महत्वपूर्ण काम गरेको उल्लेख गर्दै सरकारको विकासको कामबाट त्रसित भएका व्यक्तिले सरकारका विरुद्ध कार्य गरिरहेको बताए ।

पौडेलले मकवानपुरबाटै निर्वाचित भएका व्यक्तिले यही जिल्लाका मुख्यमन्त्रीविरुद्ध काम गरिरहेको घटनालाई जिल्लावासीले मसिनो गरी केलाउनुपर्ने धारणा राखे ।

जिल्लाको विकास नचाहनेलाई पहिचान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले कुन नेता ठीक र कुन बेठीक भनेर छुट्याउनुपर्ने बेला भएको बताए । स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको सहकारीलाई शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले थैलीमा राखेर पुँजी नबढ्ने धारणा राखे ।

सहकारीले देशमा उत्पादन तथा रोजगारी सिर्जना गर्नेगरी काम गर्नुपर्ने उनको भनाइ थियो । उनलेले देशमा थुप्रै अवसर भए पनि पुँजी अभावका कारण बाहिरिएका जनशक्तिलाई स्वदेशमा नै भित्र्याउन सहकारीले भूमिका खेल्नसक्नुपर्ने बताए ।

‘हाम्रो सहकारीमा यति करोड निक्षेप छ भन्नेभन्दा पनि हामीले यस्ता उद्यम सञ्चालन गरेका छौँ, ती उद्योगमा यति जनशक्तिले रोजगारी पाएका छन्, हामीले यति उत्पादन गरेका छौँ, सहकारीका माध्यमबाट हामी आत्मनिर्भर भएका छौँ यस्ता कुरा सुन्न पाइयोस्’, पौडेलले भने । रासस

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ६ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा