३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नर्वेमा पहिरो : २० जना बेपत्ता, सयौँ विस्थापित



एजेन्सी । नर्वेमा भएको पहिरोसम्बन्धी घटनाका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन । घटनामा अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन ।

पहिरोको घटना ओस्लो नजिकैको एउटा सानो गाउँमा भएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन । ‘घटनास्थलका सयौँ घर बगाएको वा पुरिएको पनि अधिकारीहरूले जनाएका छन् । धेरै घरहरू पहिरोले नष्ट गरेको छ, उनीहरू केही पुरिएको छ भने केही बगाएको छ,’ एक प्रहरीले भने ।

घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएको थियो । झण्डै दुई लाख १० हजार बर्गमिटर क्षेत्रफलको भूमिमा पहिरो गएको हो । ‘त्यस क्षेत्रमा झण्डै पाँच सय मानिस बस्ने गर्दथ्ये । उनीहरू अहिले विस्थापित भएका छन्,’ अर्का एक अधिकारीले भने ।

प्रहरीले थपे, ‘अहिले सम्पर्क विहीन भएका व्यक्तिहरूलाई खोजी गर्ने वा सम्पर्क गर्ने प्रयास प्रहरीले गरिरहेको छ, तर अहिलेसम्म केही पत्ता लगाउन सकेको छैन ।’ घाइते दश जनामध्ये नौ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका एक जनालाई भने थप उपचारका लागि ओस्लो पठाइएको प्रहरीले जनाएको छ ।

पहिरोबाट पीडितहरूले प्रहरीलाई फोन गरेर पहिरोले आफूहरूको घर नै बगाएको जानकारी दिएका थिए । पहिरो आउनु, घर बगाउनु नाटक वा सपना जस्तै भएको पीडितहरूको भनाइ छ ।

नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन । उनले पीडितहरूलाई राहत तथा सहयोगको व्यवस्था हुने विश्वास पनि दिलाएका छन ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ६ : ४३ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन