१५ आश्विन २०८३, बिहिबार | October 2, 2026

नर्वेजियन काउन्सिलर सहितको टोलि खजुराको मुस्लिम र दलित बस्तीमा



खजुरा । खजुरा गाँउपालिकाको निमन्त्रणमा आएका नेपालका लागि नर्वेजियन राजदूतावासको कन्सुलर अनिला खान सहितको टोलिले गाँउपालिकाको मुस्लिम, मधेशी तथा दलित बस्तीको अवलोकन भ्रमण गरेका छन् । गाँउपालिकाका अध्यक्ष डम्बर विकको सक्रियतामा कन्सुलर खान सहितको टोली खजुरा पुगेको हो ।

टोलीले खजुरा गाउँ पालिकाका मुस्लिम, मधेशी र दलित बाहुल्यता रहेको ४ वटा वडाको अवलोकन गर्दै स्थानीयसँग प्रत्येक्ष गुनासो र समस्या समाधानका बिषयमा छलफल गरेको पालिकाका अध्यक्ष विकले जानकारी दिए । काउन्सिलर खान सहितको टोलिको भ्रमणले अन्तर्राष्ट्रियस्तरबाट पालिकाम रहेका दलित ,मुस्लिम समुदायलाई सेवा र अवस्था मजबुत बनाउन सहयोग पुग्ने विकले बताए ।

भ्रमण टोलिसमक्ष स्थानीयले शिक्षाको सन्दर्भमा मदरसाको शैक्षिक स्तर खस्किएको धार्मिक विभेद, रुढिवादी परम्परा, बेरोजगारी समस्या रहेको बताएका थिए ।

कार्यक्रम बोल्दै नर्वेजियन काउन्सिलर खानले विपन्न समुदायको समस्या समाधान गर्न स्थानीय पालिकाको समन्वयमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : २१ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान, नरैनापुरमा आधा बढी जनसंख्या गरिबीको रेखामुनी

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा

देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर