३ चैत्र २०८२, मंगलबार | March 17, 2026

रायोदेखि तामासम्मका पाँच खास तरकारी जाडोमा शरीरका लागि लाभदायी



पुसको जाडोले जनजीवन अस्तव्यस्त हुन थालेको छ । जाडो स्वास्थ्यका हिसावले पनि केहीलाई दु:ख दिने गर्छ भने कतिपयलाई जाडो मौसम रमाइलो लाग्छ । आज हामी जाडो मौसममा ज्यानै तताउने ५ तरकारीका बारेमा जानकारी दिँदैछौँ ।

रायो

रायो हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । यो जाडो मौसमका लागि स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै लाभदायी मानिन्छ ।रायोको सागमा पाइने भिटामिन एले चिसोयाममा बढी देखिने बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ । बाथका रोगीका लागि हुने हड्डी दुख्ने समस्याबाट राहत मिल्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी लाग्दैन ।

गोलभेँडा

गोलभेँडा स्वादमा मात्र नभई स्वास्थ्यका लागिसमेत उत्तिकै प्रभावकारी चिज हो । सबैजसो मौसममा उपलब्ध हुने गोलभेँडा जाडोका लागि पनि उत्तिकै फाइदाजनक छ । यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । जसले जाडोमा देखिने श्वासप्रश्वाससम्बन्धी रोग, छाला सुक्खा हुनेजस्ता समस्या नियन्त्रण गर्छ । गोलभेँडामा पाइने ल्याइकोपिनले हाम्रो शरीरमा भएको अनावश्यक फ्याट (बोसो) कम गर्छ ।

च्याउ

च्याउ सेलेनियमको राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई बलियो बनाएर शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ । चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ ।

यसमा प्रशस्त मात्रामा पाइने खनिज पदार्थले चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गर्छ । तसर्थ, च्याउ बाथका रोगीका लागि फाइदाजनक हुन्छ । त्यस्तै, यसले रगतमा सेतो रक्तकोषिका निर्माण गरी प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

बाँसको तामा

जाडोमा तामाको सुप स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको तरकारी, अचारसँगै सुप पनि बनाएर खान सकिन्छ । बाँसको तामाका परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्नेजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

मेथीको साग

मेथीको दाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, दाना मात्र नभएर मेथीको साग पनि उत्तिकै उपयोगी छ । मेथीको साग खाएमा चिसो मौसममा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

मेथीको सागमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, यो नियमित खाँदा रक्तचापसमेत नियन्त्रण गर्छ । त्यसैगरी, मेथीको सागमा पाइने गेलोप्टोमाइनन् नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ६ : ५३ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै