७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

विश्वज्योती वचत तथा ऋण सहकारीको १८ औ वार्षिक साधारण सभा सम्पन्न



बुटवल । विश्वज्योती वचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १८ औ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

कोरोना भाईरस (कोभिड-१९) महामारीको कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पौष ५ गतेदेखि सुझाव तथा प्रतिकृयाहरु माग गरिएको थियो । प्रतिवेदनमाथिको सुझाव संकलन कार्यक्रम पश्चात बुधबार संकलित सुझाव र सहकारीलाई आगामी दिनमा सबल, सक्षम र प्रतिस्पर्धी गराउँदै अगाडि बढाउने दीर्घकालिन लक्ष्य सहितका भावी योजना अगाडि सारिएको छ ।

कार्यक्रममा सहकारीले गरिरहेका गतिविधि, योजना र भावी दिनमा गर्नुपर्ने योजनालाई समेटिएको प्रतिवेदन अध्यक्ष जोगलाल विश्वकर्माले प्रस्तुत गरेका थिए । साधारण सभाले सहकारीको सेयर पुजी बढाउने, सदस्य बिस्तार गर्ने प्रस्ताव पारित गरेको छ ।

अध्यक्ष जोगलाल विश्वकमाको अध्यक्षता सचिव हेम बहादुर बिकको संचालन तथा उपाध्यक्ष दिपक बिकको स्वागतमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष मातृका प्रसाद गहतराजले प्रस्तुत गरेको आर्थिक प्रतिवदन, लेखा समिति संयोजक दल बहादुर लोहागुनले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा न ५ का अध्यक्ष तेज प्रशाद सुनारले सहकारीले सधै रचनात्मक काम गरेको बताउदै अब यसको दायरा बढाउदै बचत जम्मा गर्ने र ऋण लगानी गर्ने मात्रै भन्दा पनि उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । थोरै संख्याबाट सुरु भएको सहकारी अहिले हजारौंको ५३२ जना सदस्य बढाउन सफल भएको भन्दै आर्थिक समृद्धिमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । उनले नीति, बिधि र प्रविधी अंगालेर काम गर्न पनि सुझाव दिए ।

संस्थाका अध्यक्ष जोगलाल बिश्वकर्माले पछाडि पारिएको वर्ग र समुदायको नेतृत्व तथा ब्यबस्थापनमा खोलिएको सस्थाले सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताए ।

कार्यक्रममा रूपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम बि बिश्वकर्मा, सुनचाँदी महिला संघका अध्यक्ष कमला बिक, रेवन्त बिश्वकर्मा, निवर्तमान अध्यक्ष किशोर कुमार सेन्चुरी, सस्थापक अध्यक्ष सिताराम रसायली लगायतले बोल्दै क्रृण र बचतलाई मात्र प्राथमिकतामा नराखी उत्पादन बढाउने दिशातर्फ प्राथमिकता दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ७ : ४१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल