२४ श्रावण २०८३, आइतबार | August 10, 2026

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्‍यो, जुम्ला सबैभन्दा चिसो



काठमाडाैं । काठमाडौं उपत्यकामा आज बिहानको तापक्रम शून्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ ।

यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । यस्तै, आज जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ डिग्री पुगेको छ । आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, रातीमा प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष १७ गते (शुक्रबार)
दिउँसो – प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती – प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष १८ गते (शनिबार)
दिउँसो – लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

राती – देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुरपश्चिम प्रदेशका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १२ : ३१ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता