२० बैशाख २०८३, आइतबार | May 3, 2026

कोरोनाबाट पोर्चुगलमा एक नेपाली युवकको मृत्यु



पोर्चुगल । कोरोना भाइरस कोभिड-१९ बाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ ।

साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।

तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठौँ व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।

पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ ।

राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए । रासस

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १ : ०२ बजे

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका