१६ माघ २०८२, शुक्रबार | January 30, 2026

एक वर्षमा १६ करोड सामाजिक सुरक्षा भत्ता प्रदान



महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले एक आर्थिक वर्षमा करिब रु १६ करोड रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा यस कार्यक्रमअन्तर्गत रु १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको हो ।

नगर क्षेत्रभित्रका दुई हजार ६०३ ज्येष्ठ नागरिक (७० वर्षमाथिका) यो कार्यक्रमबाट लाभान्वित छन् । ज्येष्ठ नागरिकमा कूल रु नौ करोड ८० हजार ६०० प्रवाह भएको कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिए । त्यसैगरी नगर क्षेत्रका एक हजार ४४९ एकल महिलालाई रु तीन करोड ४९ लाख ६० हजार वितरण गरिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७२६ बालबालिकामा रु दुई करोड १२ लाख ३६ हजार र ५४३ अपाङ्गता भएकाहरुमा रु एक करोड २४ लाख १८ हजार ४०० भत्ता वितरण गरिएको कार्यालयले सार्वजनिक गरेको हो ।

यसअघिका वर्षमा सेवाग्राहीलाई घरघरै रकम पु¥याइने गरिए पनि अब सबैलाई अनिवार्य बैंक खातामा रकम पठाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर सेवाबारे छलफल गरिँदै आइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले स्पष्ट पारे । यता सेवाग्राही वृद्धवृद्धाले भने बैंकले समयमा सुरक्षा भत्ता नदिएको गुनासो गरेका छन् ।

“गरिबी न्यूनीकरण, बिरामी हुँदा उपचार गराउन, विपद्को अवस्थामा उत्पन्न जोखिम न्यूनीकरण गर्न सामाजिक सुरक्षा कार्यक्रमले सहयोग पु-याउँछ”, पराजुलीले भने, “बैंकमा रकम जम्मा गरिँदा हराउने र अनावश्यक खर्च हुनबाट जोगाउने भएको हुँदा यो व्यवस्था अपनाइएको हो ।” सेवाग्राहीलाई रकम प्राप्त गर्न सजिलो बनाउन सम्बन्धित बैंकलाई सेवा प्रवाहको मासिक दिन तालिका बनाएर समयसमेत निर्धारण गर्न आग्रह गरिएको पराजुलीको भनाइ छ । यसैगरी सेवाग्राहीको सङ्ख्या अद्यावधिक गर्न सम्बन्धित वडा कार्यालयले काम गर्दै आएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ११ : ३६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र