२० बैशाख २०८३, आइतबार | May 3, 2026

बलेवा विमानस्थलमा असारदेखि जहाज चलाउने तयारी



बागलुङ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण द्रूत गतिमा भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम द्रूत गतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने तयारीसमेत भएको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले जानकारी दिए ।

आगामी जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकालाई विमानस्थल हस्तान्तरण गर्ने आयोजनाका इञ्जिनीयर चिरञ्जीवी खड्काले बताए । ‘चिसो समय भएकाले कालोपत्रका लागि फागुन-चैत कुर्नुपर्ने भएको छ’, उनले भने, ‘सम्याउने, ग्राभेल गर्नेजस्ता काम एक महिनामा सकिन्छ ।’

ठेकेदार कम्पनीले बलेवा र पर्वतको मोदीखोलामा पनि क्रसर मेसिन राखेर गिटी, ग्राभेल बनाइरहेको उनले बताए । विमानस्थलमा ६२० मिटर लामो पक्की नाली बनाउने, मैदानमा एक हजार ५०० मिटर लामो घेराबार लगाउने, एउटा मुख्य ढोका र अर्को आपत्कालीन ढोका बनाउने काम अहिले भइरहेको छ ।

दमकल र एम्बुलेन्स सेवाका लागि आपतकालीन ढोका प्रयोग हुनेछ । विमानस्थलका सबै पूर्वाधार बनाउन पहिलेको लागत इस्टिमेटमा संशोधन गरेर केही काम थपिएको व्यवस्थापक खड्काले बताए । उनले भने- ‘काम थपिए पनि समय थप्दैनौँ ।’ जेठ मसान्त नै अन्तिम हुने र सो समयमा सबै काम सम्पन्न हुने उनको भनाइ छ ।

मैदान सम्याउने क्रममा टावर र पाकिङस्थलमा झण्डै ६० मिटर लम्बाइ र २४ मिटर चौडाइमा छ मिटर अग्लो पर्खाल, भर्‍याङ र र्‍याम्प बनाउनुपर्ने भएको उनले बताए । त्यसका लागि समयमै माग पठाएकाले प्राधिकरणले पनि छिट्टै संशोधन गरेर पठाउने तयारी गरेको इञ्जिनीयर मीनराज ओझाले जानकारी दिए ।

विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा-बागलुङ सडक खुलेपछि यो विस्तारै बन्द हुँदै गएको थियो ।

बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा-बागलुङ सडक खुलेपछि रोकिएको प्रतिनिधिसभाका निवर्तमान सांसद सूर्य पाठकले बताए । अब असारदेखि नियमित जहाज चलाउने गरी पहल भइरहेको पाठकको भनाइ छ ।

विसं २०७२ मा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र शिक्षामन्त्री दिनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाए पनि जहाज चल्न सकेको थिएन । दुई वर्षअघि बागलुङ नगरपालिकाले अपुग यात्रुको भाडा खर्च व्यहोर्ने सहमतिमा झण्डै हिउँदका छ महिना जहाज चलेको थियो ।

कच्ची धावनमार्गका कारण चिप्लो भएपछि वर्षात्मा उडान गर्न जोखिम भएपछि जहाज आउन मानेका थिएनन् भने हिउँदमा पनि मुसाले प्वाल पार्दा धावनमार्ग बिग्रेपछि कालोपत्र गर्न लागिएको हो । मैदानको सबै भाग एक किलोमिटर लामो छ । हाल ६२० मिटर लामो, २० मिटर चौडा कालोपत्र गरिनेछ । मैदान भने ६० मिटर चौडा सम्याइएको छ ।

यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्ने आकलन गरेर मैदान पुनःनिर्माण भएको छ । आपत्कालीन अवतरण गर्नुपरेमा ५४ सिट क्षमताका जहाज पनि पार्किङ गर्न सकिने कार्यक्रम व्यवस्थापक खड्काले जानकारी दिए ।

विमानस्थल नियमित सञ्चालनपछि साविक धवलागिरिका पर्वत, बागलुङ र म्याग्दीका बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् भने यस क्षेत्रका आर्थिक तथा पर्यटन व्यवसायसमेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १२ : ०८ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको