३ चैत्र २०८२, मंगलबार | March 17, 2026

उदयपुरमा बालविवाह न्यून



उदयपुर । उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ । बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ ।

प्रहरीमा निवेदन आएपछि कानूनी कारबाही गर्ने र बालविवाह गर्न लागेकालाई र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने गरेपछि प्रहरीमा सो सम्बन्धी उजुरी घट्दै गएर झण्डै शून्यमा झरेको छ । उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालका अनुसार गत वर्षहरुको तुलनामा यस वर्ष बालविवाहको उजुरी घटेर तल झरेको र दुईवटा निवेदनमात्र प्रहरीमा परेको छ ।

जिल्ला बालसङ्गठन तथा बालकल्याण समितिका अध्यक्ष भुवन दाहालकाअनुसार विगतको तुलनामा अहिले जिल्लामा बालविवाहका दर निरन्तर घटेर झण्डै शून्यमा पुगेको छ । अध्यक्ष दाहाल भन्छन्, “विसं २०७२ मा जिल्लामा बालविवाहको घटना १२, २०७४ मा नौ र यस वर्ष दुईमा झरेको छ ।” गाउँगाउँमा बाल सङ्गठन तथा बाल कल्याण समितिका अभियान, विभिन्न सामाजिक संघसंस्थाको जनचेतनामूलक कार्यक्रम र प्रहरीको कारबाहीको कारण बालविवाह दर घटेको अध्यक्ष दाहाल बताउँछन् ।

सामाजिक अभियन्ता तथा महिला रक्षक सञ्जाल उदयपुरका पूर्वअध्यक्ष महेश्वरी राई विगतमा बालविवाह हुने गाउँ क्षेत्रमा अभिभावक र गाउँलेमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि भित्रभित्रै हुने बालविवाह नियन्त्रण हुँदै गएको बताए ।

त्रियुगा नगरपालिका क्षेत्रमा भित्रभित्रै सबैभन्दा धेरै बालविवाह हुने राजावास, चुहाडे, जोगिदह क्षेत्रमा समेत अहिले बालविवाह शून्यमा झरेको बालविवाहविरुद्धका सामाजिक अभियान्ता माया भण्डारी बताउँछिन् ।

लिम्चुङबुङ गाउँपालिकाभित्र विगतमा भित्रभित्रै अभिभावकको मिलेमतोमा नै बालविवाह हुने गरेको भए पनि अब गाउँघरमा जनचेतना जागरण वृद्धि भएको, बालविवाह सम्बन्धी स्थानीय जनतामा कानूनी ज्ञान हुन थालेको कारण र बालविवाहविरुद्धको अभियानले अहिले बालविवाह शून्यमा झरेको सो गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले बताइन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : १४ बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर