२० बैशाख २०८३, आइतबार | May 3, 2026

माउलाई बाघले खाएपछि टुहुरो अर्ना अस्पतालमा



चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ ।

बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो । अस्पताको निगरानीमा रहने गरी उक्त बच्चालाई कोष परिसरमा राखिएको छ । कोषका प्रमुख डा।बाबुराम लामिछानेका अनुसार जन्मिएको दुई सातामा अर्ना आमालाई बाघले खाएपछि टुहुरो बनेको भाले बच्चालाई अस्पतालले संरक्षण गर्ने बताए ।

उक्त बच्चालाई भैँसीको दूध खुवाएर राखिएको छ । बाघले एकै समयमा दुई वटा अर्ना मारेको थियो । गत वर्ष बच्चा जन्माएको माउलाई पनि बाघले मारेको हो । सो बच्चा ठूलो भएकाले अन्य अर्नासँगै खोरमा छाडिको उनले जानकारी दिए ।

विसं २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो ।

कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले आठ वटा अर्ना मरेका छन् ।

स्थानान्तरण गरी यहाँ ल्याएपछि हालसम्म चार भाले, दुई पोथी गरी छ वटा बच्चा जन्मिएका छन् । निकुञ्जमा बच्चा र बयस्क गरी १३ वटा अर्ना रहेका छन् । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पुर्‍याउने योजना निकुञ्जको छ ।

झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : १७ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको