७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

माउलाई बाघले खाएपछि टुहुरो अर्ना अस्पतालमा



चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ ।

बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो । अस्पताको निगरानीमा रहने गरी उक्त बच्चालाई कोष परिसरमा राखिएको छ । कोषका प्रमुख डा।बाबुराम लामिछानेका अनुसार जन्मिएको दुई सातामा अर्ना आमालाई बाघले खाएपछि टुहुरो बनेको भाले बच्चालाई अस्पतालले संरक्षण गर्ने बताए ।

उक्त बच्चालाई भैँसीको दूध खुवाएर राखिएको छ । बाघले एकै समयमा दुई वटा अर्ना मारेको थियो । गत वर्ष बच्चा जन्माएको माउलाई पनि बाघले मारेको हो । सो बच्चा ठूलो भएकाले अन्य अर्नासँगै खोरमा छाडिको उनले जानकारी दिए ।

विसं २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो ।

कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले आठ वटा अर्ना मरेका छन् ।

स्थानान्तरण गरी यहाँ ल्याएपछि हालसम्म चार भाले, दुई पोथी गरी छ वटा बच्चा जन्मिएका छन् । निकुञ्जमा बच्चा र बयस्क गरी १३ वटा अर्ना रहेका छन् । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पुर्‍याउने योजना निकुञ्जको छ ।

झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : १७ बजे

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल