३ चैत्र २०८२, मंगलबार | March 17, 2026

‘हामी यहाँ छौँ’ भनेर टाँस्न पर्दैन, वैधानिक हामी नै हो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका छन् ।

शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त नहुने बताएका हुन् ।

‘कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त हुँदैन ।’ आफू नेतृत्वको टोली वैधानिकताको दर्खास्त हाल्न कहीँ नगएका दाबी गर्दै ओलीले भने, ‘हामी यहाँ छौँ भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्थामा छैनौँ ।’

यस्तै, उनले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको दावी गरेका छन् । उनले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको बताए । विपक्षले सरकारको सत्तोसराप गरेर जनताको मन दुखाएको उनको भनाई छ ।

पार्टीलाई मिल्नै नदिने गरी पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लागेको ओलीको आरोप छ । उनले प्रचण्ड-नेपाल पक्ष देशभर कार्यकर्तालाई पार्टीको सम्पत्तिको नाममा भिडाउन तल्लिन रहेको बताए ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोग जानेहरु अरुको उक्साहटमा चोइटिएको भन्दै नेकपा पार्टीको वैधानिकता आफूहरुसँग रहेकाले आयोगमा निवेदन बोकेर नगएको बताए । ओलीले प्रवासी नेपालीहरुलाई शुभकामना दिँदै देशको चिन्ता लिने गरेकामा धन्यवाद पनि दिए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : १९ बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर