१६ माघ २०८२, शुक्रबार | January 30, 2026

‘हामी यहाँ छौँ’ भनेर टाँस्न पर्दैन, वैधानिक हामी नै हो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका छन् ।

शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त नहुने बताएका हुन् ।

‘कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त हुँदैन ।’ आफू नेतृत्वको टोली वैधानिकताको दर्खास्त हाल्न कहीँ नगएका दाबी गर्दै ओलीले भने, ‘हामी यहाँ छौँ भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्थामा छैनौँ ।’

यस्तै, उनले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको दावी गरेका छन् । उनले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको बताए । विपक्षले सरकारको सत्तोसराप गरेर जनताको मन दुखाएको उनको भनाई छ ।

पार्टीलाई मिल्नै नदिने गरी पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लागेको ओलीको आरोप छ । उनले प्रचण्ड-नेपाल पक्ष देशभर कार्यकर्तालाई पार्टीको सम्पत्तिको नाममा भिडाउन तल्लिन रहेको बताए ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोग जानेहरु अरुको उक्साहटमा चोइटिएको भन्दै नेकपा पार्टीको वैधानिकता आफूहरुसँग रहेकाले आयोगमा निवेदन बोकेर नगएको बताए । ओलीले प्रवासी नेपालीहरुलाई शुभकामना दिँदै देशको चिन्ता लिने गरेकामा धन्यवाद पनि दिए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : १९ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र