३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा सुरु



काठमाडौं । नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको सुरुवात गरेको हो ।

एनटी टिभी सेवाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुवात गरे । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा ल्याएको हो । टेलिकमले आजदेखि ‘फाइबर टु दि होम’ एफटिटिएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो ।

टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ । आजदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थान र बनेपामा एनटी टिभी सेवा सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकाका हात्तीगौँडा, छाउनी, कीर्तिपुर, बलम्बु, गोठाटार, चाबहिल, जोरपाटी, नक्साल, थैव, सैबु, ग्वार्कोलगायतस्थानमा फाइबर सेवा पुगिसकेको छ । अब छिट्टै उपत्यका बाहिर पनि एनटी टिभी सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । कम्पनीले गत फागुनमा पहिलो चरणको परीक्षण प्रसारण गरेको थियो ।

टेलिकमले पाँच वर्षदेखि एनटीफाइबरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ । टेलिकमले गत डिसेम्बर महिनामा अन्य कम्पनीभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट जडान गर्न सफल भएको छ । “फाइबरको नयाँ ग्राहक बनाउने कम्पनीका रुपमा टेलिकम एक नम्बरमा परेको छ”, कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, “टेलिकम फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने पहिलो कम्पनी बनेको छ ।”

हालसम्म अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट र टिभी सेवा मात्र दिँदै आएका छन् । प्रबन्ध निर्देशक अधिकारी हरेक घरमा एकवटा तार जडान गरेपछि अर्को सेवा लिनका लागि फेरि अर्को तार जोड्नुपर्ने बाध्यता टेलिकमले अन्त्य गरेको बताए । टेलिकमले सञ्चालनमा ल्याएको उक्त सेवाले शहरी सौन्दर्यलाई पनि सघाउ पु¥याउनेछ ।

टेलिकमले ‘एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेको पनि उनले बताए । ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्न पनि यसले सघाउ पु¥याउने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । उनले यो सेवालाई देशभर विस्तार गरिने पनि बताए ।

“डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न यो कोशेढुङ्गा सावित भएको छ”, उनले भने । ग्राहकको मागलाई ध्यान दिँदै टेलिकम एडिएसएलबाट फाइबर सेवामा गएको उल्लेख गर्दै उनले दूरसञ्चार क्षेत्रमा आएका नवीनतम प्रविधिलाई भित्र्याउन आफूहरु तयार रहेको बताए । ग्राहक सेवा निर्देशनालयका निर्देशक अनन्तराम सिंह प्रधानले टेलिकमले पाँच वर्षदेखि फाइबरमार्फत उच्च गुणस्तरको टेलिफोन र उच्चगतिको इन्टरनेट ग्राहकसमक्ष पु¥याउँदै आएको भए पनि आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन पनि सुरु गरिएको बताए ।

निजी क्षेत्रको भन्दा सहुलियत मूल्य

कम्पनीले दुई प्याकेजमा टिभी सेवा उपलब्ध गराएको छ । जसमा सिङ्गल टिभी कनेक्सनसहित १५ एमबिपिएस फाइबर इन्टरनेट (बेसिक टिभी प्याकेज) को मूल्य रु एक हजार २ सय ३० देखि रु १३ हजार २ सय २० सम्म तोकेको छ । एक महिनाका लागि रु एक हजार २ सय २०, तीन महिनाको तीन हजार ५ सय ३० र एक वर्षको रु १३ हजार २ सय २० रहेको छ ।

यसैगरी इन्टरनेटबाहेक एनटी टिभी र निःशुल्क ल्यान्डलाइनको मूल्य एक महिनाको रु ४ सय ८०, तीन महिनाको रु एक हजार ४ सय ५० र एक वर्षको रु पाँच हजार ७ सय ८० तोकेको छ । प्रिमियम एनटी टिभीसहित फाइबर इन्टरनेटको मूल्य रु एक हजार चार सयदेखि रु २४ हजारसम्म तोकिएको छ । पन्ध्र एमबिपिएस अनलिमिटेड इन्टरनेटर, एनटी टिभी र टेलिफोन (निःशुल्क) एक महिनाको रु एक हजार चार सय, तीन महिनाको रु चार हजार एक सय र एक वर्षको रु १५ हजार रहेको छ ।

तीस एमबिपिएस अनलिमिटेड इन्टरनेट, एनटी टिभी र टेलिफोन (निःशुल्क) प्याकेजको एक महिनाको रु एक हजार ७ सय ५०, तीन महिनाको रु पाँच हजार र एक वर्षको रु अठार हजार एक सय, ४० एमबिपिएस प्याकेजको एक महिनाको रु दुई हजार ५०, तीन महिनाको रु छ हजार र एक वर्षको रु १९ हजार ७ सय तोकिएको छ । उनका अनुसार ६० एमबिपिएस इन्टरनेटसहित एक प्याकेजको प्याकेज रु दुई हजार ४ सय ५०, तीन महिनाको रु सात हजार २ सय र एक वर्षको रु २४ हजार पाँच सय रहेको छ । टेलिकमले एनटी टिभी र टेलिफोन (निःशुल्क) को प्याकेजसमेत उपलब्ध गराएको छ । उक्त प्याकेजको एक महिनाको रु आठ सय, तीन महिनाको रु दुई हजार ३ सय ५० र एक वर्षको रु आठ हजार ३ सय तोकेको छ ।

‘विश्वासिलो सेवा प्रवाह गर्न निर्देशन’

एनटी टिभी सेवाको शुभारम्भ गर्दै मन्त्री गुरुङले सेवालाई भरपर्दो र विश्वासिलो बनाउँदै सेवा प्रवाहलाई ग्राहकमैत्री बनाउन निर्देशन दिए । उनले दूरसञ्चार क्षेत्रमा आविष्कार भएका प्रविधिको अध्ययन गरी नेपालमा पनि सुरुवात गर्न आग्रह गरे । टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रुपमा अगाडि लैजान मन्त्रालयले सक्दो सहयोग गर्ने पनि उनले बताए ।

कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सेवामा गुणात्मकताका साथै दीगो रुपमा सञ्चालन र २४ सै घन्टा सेवा दिनुपर्ने चुनौती रहेको औँल्याउँदै ग्राहकको गुनासोलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ०२ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर