११ बैशाख २०८१, मंगलबार | April 24, 2024

राष्ट्रियसभा बैठकमा सात वटा अध्यादेश पेश



काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् ।

राष्ट्रियसभाको बैठकमा पेश भएका अध्यादेशमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश भएको छ । उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेश गरे ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम), अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ बैठकमा पेश गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त अध्यादेश पेश गरेका हुन् ।

बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गरिएको छ । उक्त अध्यादेश स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले राष्ट्रियसभामा पेश गरे ।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गरिएको छ । उक्त दुई अध्यादेश कानून, न्याय तथा संसदीय मामिलामन्त्री श्रेष्ठले पेश गरे ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : २६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना