३ चैत्र २०८२, मंगलबार | March 17, 2026

खुकुरी प्रहार गरी लुटपाट गर्ने ५ जना पक्राउ



काठमाडौं । खुकुरी प्रहार गरी लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मैतिदेविस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरले बजारबाट संकलन गरेर ल्याएको एक लाख ६५ हजार नौं सय रुपैयाँ खुकुरी प्रहार गरी लुटेर फरार भएका थिए ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२७ कमलाक्षी, असनका २९ वर्षीय रोहन नेपाली शाही, काठमाडौं-२६ नरदेबिका २२ वर्षीय अभय तुलाधर, २७ वर्षीय अमित तुलाधर, रोहित शाही, जुम्ला सिंजा गाँउपालिकामा-२ का २६ वर्षीय हरि शर्मा रहेका छन ।

सहकारीका कागजात र चेकबुकसहित रकम संकलन गरेर चाबहिल पुगेको अवस्थामा गजमेरलाई खुकुरी प्रहार गरी घाईते बनाई लुटपाट गरेका थिए । पक्राउ परेकाहरुले स्कुटर प्रयोग गरी अपराध गर्ने गरेको तथ्य पत्ता लागेको महाशाखाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त समूहले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर समेत चोरी गरी गर्दै आएको खुलेको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट २६ हजार तीन सय रुपैयाँ, घटनामा प्रयोग भएको बा. ५९ प. २९५६ नम्बरको चोरीको स्कुटर, रामपुरी चक्कु थान २
बा. ८४ प. ९२६९ नम्बरको जिक्सर मोटरसाइकल, तीन थान मोबाईल, बा. ५३ प. ५८५५ नम्बरको स्कुटर, बा. ५४ प. ५८३३ नम्बरको स्कुटर, बा.६२ प ६२२ स्कुटर, बिभिन्न बैकका चेकहरु फेला परेको महाशाखाले जनाएको छ ।

उनीहरु विरुद्ध मुद्धा दर्ता गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखि थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ३१ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर