१६ माघ २०८२, शुक्रबार | January 30, 2026

यौन क्षमता बढाउने यस्ता औषधी घरमै छन



एजेन्सी । अधिकाशं मानिस आफ्नो यौन क्षमताबारे खुलेर कुरा गर्दैनन् । तथापी यौन शारीरिक आवश्यकता र चाहाना हो । त्यसैले यौन क्षमताका बिषयमा कुरा गर्न लाज मान्नु हुदैन ।

यौन क्षमता राम्रो नभए यसले मानिसको मानसिक र पारिवारिक जीवन खराब बन्नसक्छ । त्यसैले यौन क्षमता कम भएका मानिसहरु भियाग्रा लगायतका यौन क्षमता बढाउने औषधीको सेवन गर्दछन् ।

यस प्रकारका औषधीले भने प्राकृतीक रुपमा नभइ रासायनिक रुपमा क्षणिक अवधी मात्र यौन क्षमता वृद्धि गर्दछ । यसले कतिपय अवस्थामा स्वास्थ्यमा समेत असर पार्न सक्छ । त्यसैले प्राकृतीक रुपमा घरायशी खाद्य सामाग्रीको प्रयोगले नै यौन क्षमता बढाउन सकिन्छ । यसले कुनै साइड इफेक्ट समेत गर्दैन ।

१. लसुन

लसुनमा एलिसिन नामक रसायन पाइन्छ । जसले यौनाङ्गमा रक्तप्रवाह बढाउनुका साथै यौनेच्छा र यौन क्षमता बढाउने गर्दछ ।

२. बदाम

प्राकृतिक रुपमा नै प्रशस्त मात्रामा एल–आर्गिनाइन हुने बदाम पुरुषहरुको यौनक्षमता बढाउन उपयोगी मानिन्छ । यसको सेवनले यौन दुर्बलता हटाउन मद्दत गर्छ ।

३. चकलेट

डार्क (कालो) चकलेटमा यौनेच्छा जागृत र यौन सक्रियता पैदा गराउने रसाइन पाइन्छ । नियमित एउटा टुक्रा चकलेट खाने महिलाले सक्रिय यौन जीवन बिताउने गर्दछन् ।

४. खरबूजा

मानसिक तथा शारीरिक थकान हुदाँ यौन दुर्बलता हुने गर्दछ । खरबुजामा प्रशस्त मात्रामा एमिनो एसिड पाइन्छ । जसले यौनांगमा रक्तप्रवाहलाई बढाइ यौन क्षमता बढाउछ ।

५. एभोकाडो

एभेकाडोमा शक्तिको उत्पादनको लागि अत्यावश्कय फोलिक एसिड पाइन्छ । यसले मानिसको मुड र यौन क्षमता बढाउने गर्दछ ।

६. फर्सीको बियाँ

फर्सीको बियाँमा यौनेच्छा जागृत गराउने ओमेगा ३ पाइन्छ । यौन जीवनमा ओमेगा ३ आवश्यक मानिन्छ । त्यसैले फर्सीको बियाँको सेवनले महिलामा यौनक्षमता बढाउने गर्दछ ।

७. कुरिलो

कुरिलोमा प्रशस्त मात्रामा फोलेट पाइन्छ । भिटामीन बीको एउटा रुप फोलेटले शरीरमा हिस्टामिनको उत्पादनमा सहयोग गर्छ । सही मात्राको हिस्टामीन महिला तथा पुरुष दुवैमा स्वस्थ यौन क्षमता कायम राख्नको लागि आवश्यक हुन्छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : ११ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र