३ चैत्र २०८२, मंगलबार | March 17, 2026

यौन क्षमता बढाउने यस्ता औषधी घरमै छन



एजेन्सी । अधिकाशं मानिस आफ्नो यौन क्षमताबारे खुलेर कुरा गर्दैनन् । तथापी यौन शारीरिक आवश्यकता र चाहाना हो । त्यसैले यौन क्षमताका बिषयमा कुरा गर्न लाज मान्नु हुदैन ।

यौन क्षमता राम्रो नभए यसले मानिसको मानसिक र पारिवारिक जीवन खराब बन्नसक्छ । त्यसैले यौन क्षमता कम भएका मानिसहरु भियाग्रा लगायतका यौन क्षमता बढाउने औषधीको सेवन गर्दछन् ।

यस प्रकारका औषधीले भने प्राकृतीक रुपमा नभइ रासायनिक रुपमा क्षणिक अवधी मात्र यौन क्षमता वृद्धि गर्दछ । यसले कतिपय अवस्थामा स्वास्थ्यमा समेत असर पार्न सक्छ । त्यसैले प्राकृतीक रुपमा घरायशी खाद्य सामाग्रीको प्रयोगले नै यौन क्षमता बढाउन सकिन्छ । यसले कुनै साइड इफेक्ट समेत गर्दैन ।

१. लसुन

लसुनमा एलिसिन नामक रसायन पाइन्छ । जसले यौनाङ्गमा रक्तप्रवाह बढाउनुका साथै यौनेच्छा र यौन क्षमता बढाउने गर्दछ ।

२. बदाम

प्राकृतिक रुपमा नै प्रशस्त मात्रामा एल–आर्गिनाइन हुने बदाम पुरुषहरुको यौनक्षमता बढाउन उपयोगी मानिन्छ । यसको सेवनले यौन दुर्बलता हटाउन मद्दत गर्छ ।

३. चकलेट

डार्क (कालो) चकलेटमा यौनेच्छा जागृत र यौन सक्रियता पैदा गराउने रसाइन पाइन्छ । नियमित एउटा टुक्रा चकलेट खाने महिलाले सक्रिय यौन जीवन बिताउने गर्दछन् ।

४. खरबूजा

मानसिक तथा शारीरिक थकान हुदाँ यौन दुर्बलता हुने गर्दछ । खरबुजामा प्रशस्त मात्रामा एमिनो एसिड पाइन्छ । जसले यौनांगमा रक्तप्रवाहलाई बढाइ यौन क्षमता बढाउछ ।

५. एभोकाडो

एभेकाडोमा शक्तिको उत्पादनको लागि अत्यावश्कय फोलिक एसिड पाइन्छ । यसले मानिसको मुड र यौन क्षमता बढाउने गर्दछ ।

६. फर्सीको बियाँ

फर्सीको बियाँमा यौनेच्छा जागृत गराउने ओमेगा ३ पाइन्छ । यौन जीवनमा ओमेगा ३ आवश्यक मानिन्छ । त्यसैले फर्सीको बियाँको सेवनले महिलामा यौनक्षमता बढाउने गर्दछ ।

७. कुरिलो

कुरिलोमा प्रशस्त मात्रामा फोलेट पाइन्छ । भिटामीन बीको एउटा रुप फोलेटले शरीरमा हिस्टामिनको उत्पादनमा सहयोग गर्छ । सही मात्राको हिस्टामीन महिला तथा पुरुष दुवैमा स्वस्थ यौन क्षमता कायम राख्नको लागि आवश्यक हुन्छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : ११ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर