११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन: डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ, सचिवमा कपिल ज्ञवाली, सहसचिबमा कृष्ण पाण्डे, कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।

त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुवर, कमला पाण्डे (अधिकारी), जमुना पौडेल, बिजु पौडेल, सिता भट्टराइ, लिलाधर लुइटेल, लक्ष्मी घिमिरे, बिष्णु थापा, मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन् ।

बुटवलमा शनिबार भएको अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक हरिष ढकालले जानकारी दिए ।

यसअघि आयोजित खुल्लासत्रमा बोल्दै मानव अधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको सनकको भरमा संसद भंग गरेको बताएका थिए । उनले संसद पुर्नस्थापना नगरिए संविधान फेल गराउने षडयन्त्र हुने चेताबनी दिए ।

ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ४४ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम