१२ बैशाख २०८१, बुधबार | April 24, 2024

नयाँ जातको उखुखेतीतर्फ आकर्षण



पर्सा । अघिल्लो आर्थिक वर्षसम्म रौतहटका किसानले परम्परागतरुपमा उखुखेती गरे पनि यसले परिश्रमअनुसारको प्रतिफल दिन नसक्दा यसपालिदेखि यहाँका किसानले पहिलोपटक कोजा ८५, सिओजिरो २३८ र २३९ जातका नयाँ उखुखेती गर्नेतर्फ आकर्षित भएका छन् ।

रौतहटको पश्चिमी भेगमा रहेका कटहरिया, फतुवा, विजयपुर र गुजरा नगरपालिकाका किसान बढी उत्पादन लिन यस वर्षदेखि नयाँ जातका उखुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

थोरै मिहिनेत तथा कम लगानीमा बढी उत्पादन दिने सो जातका उखु लगाउँदा दोब्बर उत्पादन हुने भएपछि यहाँका किसान उक्त प्रजातिका उखुखेती गर्न थालेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।

उक्त जातका उखु लगाउँदा प्रतिकट्ठा ६० क्विन्टलसम्म उखु उत्पादन हुने भएपछि यहाँका किसान कोजा ८५ जातको उखुखेती गर्न थालेका हुन् । भारतको पञ्जाबबाट कोजा ८५ जातको उखुको बीउ ल्याएर यहाँका किसानले पहिलोपटक उखुखेती गर्न थालेको किसान विजय पण्डितको भनाइ छ ।

यसैगरी भारतबाटै ल्याइएको सिओजिरो ३३८ र २३९ जातका उखुखेती अन्य किसानले पनि गर्न थालेका छन् । सिओजिरो ३३८ र २३९ जातका उखुप्रति कट्ठा ५० देखि ६० क्विन्टलसम्म उत्पादन हुने गरेको विज्ञहरुको भनाइ छ ।

रौतहटमा यस वर्षदेखि कोजा ८५ जातको उखु छ बिघा क्षेत्रफलमा र सिआजिरो २३८ र २३९ जातको उखु चार बिघा क्षेत्रफलमा लगाइएको बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज डुमरियाका सञ्चालक बैजु बाबराले बताए ।

अन्य जातका उखुको खेती गर्दा किसानलाई बढी लागत लाग्ने र प्रतिफलसमेत आउन नसक्ने भएकाले किसाले बढी उत्पादन दिने उखुखेती गरेका छन् ।

उक्त नयाँ जातका उखुखेती गर्दा एक बिघामा रु एक लाखमात्र खर्च हुने तर प्रतिबिघा सात लाख १२ हजार क्विन्टल उखु उत्पादन हुने भएकाले यस वर्षदेखि किसानले नयाँ जातको उखुखेती गर्न थालेको बताइएको छ । रासस

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ५१ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल