२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रियसभाको यही असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्यपछि थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो । समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित भएका थिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलगायतको उपस्थितिमा सिंहदरबारस्थित संसदीय समिति कक्षमा उक्त शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो । शपथ ग्रहणपछि सभापति पौडेलले आजै विशेष समितिको बैठकसमेत राखेका छन् ।

शपथ ग्रहणलगत्तै सभापति पौडेलले भोटेकोशी र कालीगण्डकी करिडोरमा भएको विपद्बाट नागरिक, बालबालिका, महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको दुःख, कष्ट र पीडालाई ध्यानमा राखेर समितिले काम गर्ने बताए । उनले भविष्यमा त्यस्ता विपद् आउँदा तिनको गति र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न तथ्य, तथ्याङ्कमा आधारित अध्ययन गरी प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“हामी तीन महिनाको समयमा अहोरात्र खटेर मुलुक र त्यहाँका नागरिकको हितका लागि एउटा अनुकरणीय काम गर्ने योजना छ”, सभापति पौडेलले भने, “तथ्य र तथ्याङ्कमा आधारित, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा विश्वास गर्न सकिने र कार्यान्वयनमा ल्याउन सकिने किसिमको प्रतिवेदन तयार गर्छौं ।” उनले आवश्यकताअनुसार विषयविज्ञको सहयोग लिएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्याससमेत अध्ययन गरी कार्यान्वयन गर्न सकिने प्रतिवेदन तयार गर्ने बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ४ : ०२ बजे

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज