६ श्रावण २०८३, बुधबार | July 22, 2026

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : गुरुयोजना बनाउन सम्झौता



काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा-बीडीए (जेभी)बीच सम्झौता भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा-बीडीए (जेभी)सँग सम्झौता गरेको जानकारी दिए ।

यसअघि प्राधिकरणले आशय-पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको थियो । उनले भने, ‘‘अबको १३ महिनाभित्र सीजी इन्फ्राटा-बीडीए (जेभी)कम्पनीले विमानस्थलको गुरुयोजना तयार गरिसक्नुपर्ने गरी सम्झौता भएको छ ।

गुरुयोजना निर्माणको लागत २९ करोड ८९ लाख रुपियाँ रहेको छ ।’’ विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने उनले बताए ।

गत असोजमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन गुरुयोजना यथाशीघ्र निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए । मन्त्रालयको निर्देशनपछि प्राधिकरणले गुरुयोजना निर्माणका लागि कम्पनी छनोट गरेको हो ।

गुरुयोजना निर्माणका लागि प्राधिकरणले माग गरेको आशय-पत्रमा १३ वटा कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए ।

सङ्क्षिप्त सूचीमा सूचीकृत भएका छवटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो, जसमध्ये तीनवटा कम्पनीबाट मात्र विस्तृत प्रस्ताव आएका थिए । प्रवक्ता क्षेत्रीले भने, ‘‘विस्तृत प्रस्ताव आएका मध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरेको सीजी इन्फ्राटा-बीडीए कम्पनीले गुरुयोजना निर्माणका लागि छनोट भएको हो ।’’ सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीमध्येबाट पुनः विस्तृत प्रस्ताव माग गरिएकोमा तीनवटा कम्पनीले मात्र प्रस्ताव पेस गरेको थियो, जसबाट सीजी इन्फ्राटा-बीडीए (जेभी) छनोट भएको हो ।

समानान्तर ट्याक्सी-वे निर्माण

रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको आन्तरिक उडानका लागि प्रयोग भइरहेको धावनमार्गको समानान्तर हुनेगरी ट्याक्सी-वे निर्माणका लागि परामर्शदाता कम्पनीको छनोट भएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार ट्याक्सी-वे निर्माणका लागि सिङ्गापुरको मिन्हार्ट लिमिटेड छनोट भएको हो । कुल २४ करोड रुपियाँ लागतमा सो कम्पनीले परामर्शदाताको जिम्मेवारी पाएको हो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ५१ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज