२ पुस २०८२, बुधबार | December 17, 2025

त्रिभुवन विमानस्थलमा अत्याधुनिक पेस्तोल सहित १ जना पक्राउ



काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले एकजनालाई स्वचालित पेस्तोल सहित पक्राउ गरेको छ । काठमाडौंबाट झापाको भद्रपुर जानलागेका एक जनालाई आधुनिक पेस्तोल र त्यसमा लाग्ने गोली सहित त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका प्रहरीले ५० राउन्ड गोली र पेस्तोलसहित वृजहाङ राईलाई विमानस्थलबाटै पक्राउ गरेको जनाएको छ ।

२० वर्षीय राई मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जानलागेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको थियो।

पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको छ । राईमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : ५५ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग