२ पुस २०८२, बुधबार | December 17, 2025

नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबार प्रचण्डको अध्यक्षतामा सुरु भएको बैठकलाई निरन्तरता दिंदै आज बसेको बैठकको अध्यक्षता भने अर्का अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।
अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि मुम्बई प्रस्थान गरेपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो । प्रचण्ड-नेपाल पक्षको पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले बैठकको अध्यक्षता प्रचण्ड र माधव नेपाल आलोपालो गर्ने गरि निर्णय गरेको थियो ।

आजको बैठकले संसद विघटनका बिरुद्ध तय गरिएको संघर्षको कार्यक्रमबारे छलफल गर्ने तथा पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे छलफल हुने कार्यसूची बनाएको बताईएको छ । पार्टी एकिकरणको बाँकी कामलाई सम्पन्न गर्न र जनवर्गिय संगठनको जिम्मेवारीको मापदण्ड तय गर्न यस अघि नै अध्यक्ष माधव नेपालको संयोजकत्वमा कार्यदल बनिसकेको छ ।

कार्यदलले पाँच दिनभित्र मापदण्ड सिफारिस गर्नेछ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  २ : २० बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग