१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

बुटवलमा विद्यालयका खेल शिक्षकलाई एक हप्ते प्रशिक्षण



बुटवल । कोरोना महामारीका कारण लामो समयदेखि खेलकुदका धेरै काम प्रत्यक्ष प्रभावित भइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले भने बुटवलका विद्यालयका शिक्षकहरुका लागि खेलकुदका विभिन्न विषयमा विशेष प्रशिक्षण सुरु गरेको छ ।

बुटवल नगर खेलकुद विकास समितिमार्फत यहाँका सबै १९ वटै वडाका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका खेल शिक्षकहरुलाई एक हप्ते विशेष प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

खासगरि खेलकुदका गतिविधिलाई झाराटराई बनाउने गरेका गुनासा आइरहेका बेलामा विद्यालयमा खेलकुद हेर्ने शिक्षकलाई नै विषय केन्द्रित प्रशिक्षण दिएर खेलकुदलाई व्यवस्थित बनाउने कोसिस नेपालमै पहिलोपटक बुटवलबाट सुरु भएको छ ।

सोमबार बुटवल देविनगरस्थित नवीन औद्योगिक कदरबहादुररिता रायमाझी माविको परिसरमा एक समारोहका बीच खेलप्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।

त्यसक्रममा उहाँले बुटवलमा खेलकुदमा विविधिकरण र विशिष्टिकरण गर्दै खेलकुदका सम्भावनालाई साकार पार्नुपर्ने बताए । उनले खेलकुदसँग सम्बन्धित नवीन सोच, प्रविधि र सम्भावनालाई आदान प्रदान गर्दै दक्ष र स्वच्छ खेलाडीको उत्पादन नै नगर खेलकुद विकास समितिको कार्यभार हुनुपर्नेमा जोड दिए ।

विद्यार्थीहरुको शारीरिक, नैतिक तथा आत्मबलको विकास गर्दै खेलकुदका आवश्यक भौतिक पूर्वाधारहरु बनाउने र बुटवलमा खेलकुदका सबै सम्भावनाको क्रमश विकास गर्दै लगिने प्रमुख सुवेदीले प्रतिवद्धता जनाए ।

उपप्रमुख गुमादेवी आचार्यले विद्यालय तहदेखि नै विद्यार्थीमा खेलकुद र अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउँदा त्यसले बालबालिकामा बहुआयामिक तथा सकारात्मक प्रभाव पार्ने बताइन् । सक्षम खेलाडी उत्पादनको स्रोत नै विद्यालय तह रहेकाले सोही अनुरुपका खेलकुदका माध्यमबाट अनुसाशन, नैतिक शिक्षा र सभ्य नागरिक उत्पादन गर्नेतर्फ केन्द्रित हुन उनले आग्रह गरिन् ।

विद्यालयहरुमा सञ्चालन हुने दोस्रो राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरेर खेलकुदका विभिन्न विधामा आयोजना गरिने खेलकुदका क्रियाकलापलाई लक्षित गरेर प्रशिक्षण सुरु गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले जानकारी दिए । उनले आसन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गरेर विद्यालयका शिक्षकलाई खेलकुदका विभिन्न विधामा प्रशिक्षण दिन लागिएको बताए ।

बुटवलका विभिन्न वडाका १५ वटा सामुदायिक र १४ वटा संस्थागत विद्यालयका खेल शिक्षकलाई विभिन्न विषयमा प्रशिक्षण दिनेगरि प्रशिक्षण सञ्चालन गरिएको खेलकुद विकास समितिका सदस्य तथा कार्यक्रम संयोजक प्रेम बस्नेतले बताए । खेलकुदको फिल्ड कस्तो बनाउने, कुन खेलकुदका लागि कसरी नियम बनाउने र सीप कसरी सिकाउने भन्ने विषयमा प्रशिक्षण दिन लागिएको उनको भनाइ छ ।

एथेलेटिक्स ट्रयाक तर्फ महिला पुरुष दुबैका लागि एक सय देखि तीन सय मिटरको दौड, चार सय मिटरसम्मका रिले दौड, हाइजम्प, लङजम्प, त्रिपल जम्पका खेलकुद कसरी सञ्चालन गर्ने भन्ने विषयमा सोही विधाका प्रशिक्षकले खेल शिक्षकलाई प्रशिक्षण दिने छन् । यस्तै छात्र/छात्राका लागि भलिवल, कवड्डी, मार्शस आर्टस्का कराँते, तेक्वान्दो र उसूका विषयमा पनि प्रशिक्षण दिइने कराँतेका प्रशिक्षक उमेश थापाले जानकारी दिए ।

बरिष्ठ प्रशिक्षक मोहन घलेको नेतृत्वमा विषय विज्ञद्वारा प्रशिक्षण

वरिष्ठ प्रशिक्षक तथा राष्ट्रिय चिफ कोच मोहन घलेको नेतृत्वमा रहेका विभिन्न विधाका प्रशिक्षकहरुले विद्यालयका खेल शिक्षकलाई विषयगत प्रशिक्षण दिनेछन् ।

कबड्डीका लागि राष्ट्रिय रेफ्री र अन्तर्राष्ट्रिय खेलाडीहरु दिनेश आचार्य, महेन्द्र सुनार र गोविन्द सुनार, भलिवलका लागि एफबीआई कोच अर्जुन घिमिरे र नवीन थापा सारुले प्रशिक्षण दिनेछन् ।

तेक्वानदेका लागि राष्ट्रिय रेफ्री तथा कोच चन्द्रकान्त आचार्यले र कराँतेका लागि राष्ट्रिय रेफ्री तथा कोच उमेश थापाले प्रशिक्षण दिनेगरि कार्यक्रम तालिका तय भएको नगरखेलकुद विकास समितिका सदस्य सचिव कोपिला ज्ञवालीले जानकारी दिइन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : १० बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका