२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

क्रियाशिल पत्रकार महिला (डब्लु डब्लु जे)द्धारा दुईजना महिला पत्रकार सम्मानित



बुटवल । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे रुपन्देहीले संघर्षशिल पत्रकार महिला सम्मानबाट रुपन्देहीको दुईजना अग्रज पत्रकार महिलालाई सम्मान गरेको छ ।

सोमबार बुटवलमा आयोजित कार्यक्रममा अग्रज पत्रकार मायां गौतम र दुर्गा पौडेललाई नगद १० हजार सहित सम्मानपत्रले सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश प्रदेशसभाका उपसभामुख कृष्णी थारु र बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले पत्रकारद्धयलाई सम्मान गरेकी हुन । २०६९ सालमा रुपन्देहीमा स्थापना गरिएको डब्लुडब्लुजे ले हरेक दुईदुई वर्षमा एकजना अग्रज महिला पत्रकारलाई सम्मान गर्दै आएको छ ।

संस्था स्थापना लगत्तै वृत्तचित्र प्रदर्शन गरि संकलन गरिएको रकमबाट स्थापना गरिएको अक्षयकोषबाट यसअघि अग्रज पत्रकार कमला कुवंर र ईन्दिरा अर्याललाई सम्मान गरिसकिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै उपसभामुख कृष्णी थारुले आवद्ध संघसंस्थाहरुको नेतृत्वको लागि सक्रिय भएर लाग्न महिलाहरुलाई आग्रह गरीन । कुनैपनि संघसंस्थाहरुमा महिलाहरुलाई सहज नेतृत्व प्राप्ती हुन नसक्ने उल्लेख गर्दै उनले नेतृत्व प्राप्तीको लागि आफ्नो सक्रियता महत्वपूर्ण रहने बताइन ।

उपसभामुख थारुले महिला आवद्ध संघसंस्थाहरुले महिला नेतृत्व स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन । उनले पत्रकार महिलाहरुको नेतृत्व तथा क्षमता विकास र पेशागत सुरक्षाको लागि डब्लुडब्लुजे ले अगाडी सार्ने योजनाहरुमा आफ्नो सहयोग रहने बताइन ।

उपसभामुख थारुले रुपन्देहीका पत्रकार सम्बद्ध संघसंस्थाहरुको क्रियाशिलताले यहांको पत्रकारितालाई अरु जिल्लाहरुको भन्दा अब्बल र विश्वसनिय बनाउन भूमिका निर्वाह गरेको बताइन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले पत्रकार महिलाहरुको दक्षतावृद्धिका कार्यक्रममा उपमहानगरपालिकाको तर्फबाट सहकार्य र सहयोग हुने बताइन ।

संस्थाका अध्यक्ष कल्पना तिवारीको अध्यक्षता, उपाध्यक्ष किस्मती चौधरीको स्वागत तथा सचिव विन्दु भट्टराईको संचालनमा सम्पन्न भएको कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केशी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केशी, रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, संस्थाका संस्थापक अध्यक्ष भगवती पाण्डे, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, सम्मानित पत्रकारद्धय मायां गौतम, दुर्गा पौडेल, प्रेस युनियनका सभापती रेखा भुसाल, सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष निरु गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : ४४ बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले