१५ माघ २०८२, बिहिबार | January 29, 2026

रुपन्देहीमा शुरु भयो चित्रकलाको कार्यशाला तथा रुपन्देही कला महोत्सव



बुटवल । रुपन्देहीको बुटवलमा दुई दिने चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा नेवा पुच, नेवा समाज विकास परिषद र नेपाल ब्यावसायीक कलाकार संघको सहयोगमा चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ शुरु भएको हो ।

कार्यशालाको मंगलबार एक समारोहका बिच समाजसेवी तथा जनप्रतिनिधि ज्ञानु लिगलले उद्घाटन गरिन् । उदघाटन कार्यक्रममा बोल्दै समाजसेवी लिगलले नेवारी कला र संस्कृति जगाउदै पर्यटनसंग जोडेर लैजानुपर्ने सुझाव दिईन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग परिषदका सदस्य तथा चित्रकला विभागका प्रमुख सुश्मा राजभण्डारीले ललित कलालाई विकास गर्ने योजना अनुसार विविध कार्याशालाहरु अघि बढेको बताईन्। सरकारलाई समन्वयको पाठामा संस्थागत रुपमा सहयोगीका रुपमा प्रतिष्ठानले काम गर्दै आएको उनले बताईन् ।

नेवा पुच कार्यालय भवनमा पुस २१ र २२ दुई दिनसम्म संचालन हुने कार्यशालामा कलाकारहरुले नेपाली, नेवारी संस्कृति र परम्परा झल्काउने ३० बढी चित्रहरु बनाउने पुचका अध्यक्ष काजिमान श्रेष्ठ बताए । श्री नेवा पुच नेवा समाज विकास परिषदबाट संस्कृति जगेर्नाका लागि विभिन्न दिवसमा कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

वरिष्ठ चित्रकारहरु मन गोल्डी, एचबि रमतेल, लक्ष्मण श्रेष्ठ, सुमित्रा राना, राजकुमार लिगल, शान्ता गिरि, बेनु थापा, बिक्रम गुरुङ लगायत करीब ३० जनाले एक्रेलिक रंग र क्यानभास बोर्डमा चित्र कोर्ने उनले बताए ।

यसैबिच पुस २३ गते अरनिको दिवसमा कार्यक्रम गरिने प्रतिष्ठान रुपन्देहीका अध्यक्ष मन गोल्डी, सचिव एचबि रमतेल, नेपाल ब्यावसायीक कलाकार संघका अध्यक्ष बेनु थापाले बताए ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ११ : ४९ बजे

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी