१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बेलायतमा पुन: लकडाउन घोषणा



लन्डन । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन् । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागु हुने जानकारी दिए ।

कोरोना भाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस तीव्ररुपमा फैलिन थालेको छ । प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन् ।

उनले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गरेको वक्तव्यमा उल्लेख गरिएको छ । गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘‘नयाँ प्रकारको भाइरस तीव्ररुपमा फैलिएको छ । त्यसैले यो समय उच्च सतर्कता अपनाउनुपर्ने समय हो,’’ उनले भने । उनले बेलायती अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नुपर्ने अवस्था रहेको पनि उल्लेख गरेका छन् ।

एक टेलिभिजनमा बोल्नेक्रममा उनले देशभरि फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरे ।मंगलबारदेखि लकडाउनअन्तर्गत् प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ ।

भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ । विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्कने भएका छन् । मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ ।

अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० प्रतिशत वृद्धि भएको छ । रासस/एपी

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : ०३ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको