२६ बैशाख २०८१, बुधबार | May 8, 2024

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै



काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन् ।

यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्साहरुले बताएका छन् । बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ ।

७५ वर्षीय राजा चार्ल्स आफ्नी पत्नी रानी क्यामिलासँग अर्को मंगलबार लन्डनमा क्यान्सर उपचार केन्द्र जानेछन् । राजा चार्ल्स क्यान्सरको उपचार र निको भएर छिट्टै सार्वजनिक जिम्मेवारीमा फर्किने समेत उल्लेख गरिएको छ ।

राजा र रानीले अर्को मंगलबार क्यान्सर उपचार केन्द्रको भ्रमण गर्नेछन्, जहाँ उनीहरूले चिकित्सा विशेषज्ञ र बिरामीहरूलाई भेट्नेछन्, विज्ञप्तिमा भनिएको छ ।

यो यात्रा राजाले आउने हप्ताहरूमा गर्ने धेरै बाहिरी गतिविधिहरू मध्ये पहिलो हुनेछ । बकिङ्घम प्यालेसले राजाको मेडिकल टोली अहिलेसम्म भएको प्रगतिबाट धेरै खुसी छ र उनको निरन्तर रिकभरीको बारेमा टोली सकारात्मक रहेको बताएको छ ।

बकिङ्घम प्यालेसका प्रवक्ताले राजा चार्ल्सको उपचार जारी रहने बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : ४० बजे

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले