२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

श्रीमतीले दुर्ब्याबहार गरेको भन्दै हत्या, शवलाइ पारे २ सय टुक्रा



लन्डन । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् ।

श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस म्याटसनले यसलाई अस्वीकार गर्दै आए पनि शुक्रबार (गत ५ अप्रिल) अदालतमा उनले आफ्नो अपराध स्वीकार गरेका छन् । आरोपित मेटसनले २६ वर्षीया होली ब्राम्लीको हत्या गरेको घटनाले सिंगो बेलायतलाई स्तब्ध बनाएको जनाइएको छ ।

बीबीसीका अनुसार अभियुक्त निकोलस म्याटसनले आफ्नी श्रीमतीको यति निर्ममतापूर्वक हत्या किन गरे ? यसको ठोस कारण अहिलेसम्म फेला परेको छैन । अचम्मको र डरलाग्दो कुरा के छ भने आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या गरिसकेपछि निकोलसले उनका रिरका अंगहरु विस्थापित गर्नका लागि साथी जोसुवा ह्यान्ककको सहयोग पनि लिएका थिए जसका लागि उनले उनलाई ५० पाउण्ड दिएका थिए । उनले नै यो कुराका अदालत समक्ष खुलासा गरेका हुन् ।

आरोपित व्यक्ति मेटसनले मार्च महिनामा हत्या गरेका थिए । मृतक ब्राम्ली २७ मार्च २०२३ मा आफ्नो घर फर्किंदै गर्दा कैद गरिएको सिसिटिभी फुटेजमा हराइन् । यो हत्या गरेपछि आरोपितले केही सातादेखि मार्चमा भएको हत्याको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका थिए । यद्यपि मेटसनले कथित रूपमा प्रहरीहरूलाई भने कि ब्राम्ली मार्च १९ मा महिला सहायता समूहसँग गएकी थिइन ।

अदालतले अब सोमबार (मार्च ८) मा उनको सजायको फैसला सुनाउदैँछ ।

आरोपी निकोलसले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको अवशेष भान्साकोठामा राखेका थिए । अभियुक्तले उनलाई धारिलो चक्कुले प्रहार गरी शवलाई बाथरुममा टुक्रा पारेका थिए । परिवारका सदस्यबाट उजुरी आएपछि प्रहरीले ब्राम्लीको स्वास्थ्य अवस्थाबारे अनुसन्धान थालेको थियो ।

मार्च २४ २०२३ मा लिंकनशायर पुलिसले दम्पतीको घर निरीक्षण गरेको थियो। सो क्रममा प्रहरीले फ्ल्याटबाट एमोनिया र ब्लीच पाउडरको गन्ध पनि पाएपछि उनीहरुलाई शंका लागेको थियो । यसपछि बाथरुमको बाथटबमा रगतले लतपतिएको र भुइँमा कालो धब्बा देखिएको देखियो । जब यी दागहरू फोरेंसिक रूपमा जाँच गरियो, तिनीहरू ब्राम्लीको रगत भएको पाइयो ।

घर हेर्दा भर्खरै मर्मत गरिएको जस्तो लागेको प्रहरीको भनाई छ । प्रहरी सोधपुछको क्रममा मेटसनले आफ्नी श्रीमतीको हातबाट घरेलु दुर्व्यवहारको सिकार भएको दाबी गरेका छन् । उनले आफ्नो हातमा चोटको निशान पनि देखाए । दुवैले सन् २०२१ मा विवाह गरे र  छुट्टिने तयारीमा थिए । त्यही बेला यो घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ३६ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी