५ चैत्र २०८२, बिहिबार | March 20, 2026

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीद्वारा राजीनामा



धनगढी । ओली पक्षमा लागेर प्रदेश सरकार विरुद्ध क्रियाकलप गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेको ८ दिनपछि ओली पक्षकै अर्का मन्त्रीले प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज पदबाट राजीनामा दिएका हुन् ।

पार्टी विभाजनमा दोधारको स्थितिमा रहेका मन्त्री बोहरा पछिल्लो समय नेकपाको ओली पक्षलाई समर्थन गर्ने निश्कर्षमा पुगेका थिए । उनले राजनीतिक कारण देखाउँदै आज राजीनामाको घोषणा गरेका छन् ।

मन्त्री बोहराले पत्रकार सम्मेलन गर्दै राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत रहेको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : ५६ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको