७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

उपकुलपति बन्न मन्त्रीको व्यक्तिगत ईमेलमा विवरण पठाउनु पर्ने ?



काठमाडौं । ओली सरकारको सुशासनमा अव देखि सरकारी नोकरी प्राप्त गर्नका लागि मन्त्रीको व्यक्तिगत ईमेलमा दरखास्त हाल्नु पर्ने भएको छ । काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन ईच्छुक व्यक्तिले आफ्नो वैयक्तिक विवरण विश्यविद्यालयको अफिसियल ईमेलमा होईन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यक्तिगत ईमेलमा पठाउनु पर्ने भएको छ ।

बहालवाला उपकुलपति रामकण्ठ मकाजुको कार्यकाल आगामी माघको पहिलो साता सकिने भए पछि विश्वविद्यालयको सिनेटले श्रेष्ठको अध्यक्षतामा पूर्व उपकुलपती सुरेशराज शर्मा र विश्वविद्यालय बोर्ड अफ ट्रष्टिजका अध्यक्ष दमननाथ ढुङ्गाना सहितको छनौट समिति बनाएको थियो । समितिको निर्णय भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाईटमा विवरण मागिएको सुचना पोष्ट गरिएको छ । मन्त्रालयले जारी गरेको सुचनामा आगामी पुस २७ गते भित्र श्रेष्ठको व्यक्तिगत ईमेलमा विवरण पठाउन भनिएको छ ।

निष्पक्षताको दृष्टिबाट मन्त्रीको शैली अमिल्दो भएको शिक्षासँग सरोकार राख्ने विज्ञहरुले बताएका छन् । पूर्व शिक्षा मन्त्री दीनानाथ शर्माले व्यक्तिगत ईमेलमा विवरण माग्नु गलत कार्य भएको बताए । उनले यस्तो क्रियाकलापले गलत संस्कृतिको विकास हुने बताउँदै पारदर्शी ढंगले उपकुलपति नियुक्त गर्न सुझाव दिए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/01/Notice5.pdf”]

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : १० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल