३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

उपकुलपति बन्न मन्त्रीको व्यक्तिगत ईमेलमा विवरण पठाउनु पर्ने ?



काठमाडौं । ओली सरकारको सुशासनमा अव देखि सरकारी नोकरी प्राप्त गर्नका लागि मन्त्रीको व्यक्तिगत ईमेलमा दरखास्त हाल्नु पर्ने भएको छ । काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन ईच्छुक व्यक्तिले आफ्नो वैयक्तिक विवरण विश्यविद्यालयको अफिसियल ईमेलमा होईन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यक्तिगत ईमेलमा पठाउनु पर्ने भएको छ ।

बहालवाला उपकुलपति रामकण्ठ मकाजुको कार्यकाल आगामी माघको पहिलो साता सकिने भए पछि विश्वविद्यालयको सिनेटले श्रेष्ठको अध्यक्षतामा पूर्व उपकुलपती सुरेशराज शर्मा र विश्वविद्यालय बोर्ड अफ ट्रष्टिजका अध्यक्ष दमननाथ ढुङ्गाना सहितको छनौट समिति बनाएको थियो । समितिको निर्णय भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाईटमा विवरण मागिएको सुचना पोष्ट गरिएको छ । मन्त्रालयले जारी गरेको सुचनामा आगामी पुस २७ गते भित्र श्रेष्ठको व्यक्तिगत ईमेलमा विवरण पठाउन भनिएको छ ।

निष्पक्षताको दृष्टिबाट मन्त्रीको शैली अमिल्दो भएको शिक्षासँग सरोकार राख्ने विज्ञहरुले बताएका छन् । पूर्व शिक्षा मन्त्री दीनानाथ शर्माले व्यक्तिगत ईमेलमा विवरण माग्नु गलत कार्य भएको बताए । उनले यस्तो क्रियाकलापले गलत संस्कृतिको विकास हुने बताउँदै पारदर्शी ढंगले उपकुलपति नियुक्त गर्न सुझाव दिए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/01/Notice5.pdf”]

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : १० बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने