१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो



नेपालगन्ज । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।

भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ ।

केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म ४८१ महिला, २२० बालिका, ९९ बालक र आठ ज्येष्ठ नागरिक हराएको हुँदा उनीहरुको आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दर्ता गराएका छन् । हराएकामध्ये ६८२ महिला तथा बालबालिका घर फर्किसकेका छन् भने १२६ जना अझै फेला पर्न नसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक २०७५/७६ मा ३७०, २०७६/७७ मा ३११ र २०७७/७८ मा १२७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको निवेदन केन्द्रमा दर्ता भएका छन् । तीमध्ये आव २०७५/७६ मा तीन, २०७६/७७ मा ३१ र २०७७/७८ मा ९२ जना हराएका महिला तथा बालबालिका घर फर्किसकेको सहायक निरीक्षक मगरले जानकारी दिए ।

बाँकेमा आर्थिक वर्ष २०७७/७८ मा १२७ महिला तथा बालबालिका हराएका छन् । चालु आर्थिक वर्षको पुस तेस्रो सातासम्म हराउनेमा ८० महिला, ४६ बालबालिका तथा एक जना ज्येष्ठ नागरिक रहेका छन् । तीमध्ये ९२महिला तथा बालबालिका घर फर्किसकेको प्रहरीले जनाएको छ । हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुन सक्ने अनुमान प्रहरीको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  १२ : ४८ बजे

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका