१ पुस २०८२, मंगलबार | December 16, 2025

अल्पमतमा परेको थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो : वामदेव गौतम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको कुनै गुटमा खुलेर नलागेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतमा परेको थाहा पाएपछि राजीनामा दिनुपर्नेमा त्यसो नगरेको बताएका छन् ।

राष्ट्रियसभाका सांसदसमेत रहेका गौतमले राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु विरुद्ध अविश्वासको प्रस्ताव लगिँदै गरेको थाहा पाएपछि राजीनामा दिनुपर्नेमा नदिएर पार्टी एकतालाई संकटमा पारेको बताएका हुन् ।

गौतमले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएर ओलीले गल्ती गरेको बताए । गौतमले भने, ‘म प्रधानमन्त्री भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ ।’

प्रधानमन्त्रीको कदम असंवैधानिक भएकै कारण आफुले तत्कालै असंवैधानिक भएको बताउँदै गौतमले अहिले आफु यसबारे चुप लागेको जनाए । अदालतमा मुद्दा परेका कारण नबोलेको उनले जिकिर गरे ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्दा आफुलाई नसोधेकोमा र प्रचण्ड–नेपालहरुले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा आफुलाई नसोधेकोमा दुःख लागेको भन्दै गौतमले दुवै पक्षसँग असन्तुष्टि जनाए ।

गौतम अहिले कुनै गुटमा छैनन् । तर आफु निकट नेताहरुसँग प्रचण्डका कारणले प्रधानमन्त्री बन्न नपाएको गुनासो गरिरहेका छन् ।
प्रचण्डलाई युद्धकालदेखि सघाएको बताउँदै गौतमले अहिले ओलीले प्रधानमन्त्रीको अफर दिँदा प्रचण्डले सहयोग नगरेको बताउने गरेका छन् ।

 

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  १ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज