१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

‘झोले डाक्टर’ र औषधीको अवैध पैठारीका कारण औषधी व्यवसाय मर्कामा



बुटवल । सिमावर्ती बजारमा औषधीको अबैध पैठारीमा कडाई नगर्दा औषधी व्यवसायीहरु मर्कामा परेको बुटवलका औषधी व्यवसायीहरुले बताएका छन् । औषधी ब्यवसायी संघ रुपन्देही शाखाले बुटवलमा गरेको औषधीका खुद्रा व्यवसायीको भेलामा सहभागी वक्ताहरुले बजारमा भारतीय औषधीको दबदबा रहेको बताउंदै अवैध पैठारीलाई राज्यले कडाई गर्न नसकेको बताए । लुम्बिनी क्षेत्रमा झोले चिकित्सक र भारतिय औषधीका कारण वैधानिक व्यवसाय गर्ने औषधि व्यावसायीहरु मर्कामा परेको उनीहरुको भनाई छ ।

भेलामा बोल्दै औषधी व्यवसायी संघका खुद्रा तर्फका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खरेलले खुला सिमाका कारण बजारमा भारतिय औषधीको दबदबा रहेको बताए ।खरेलले होलसेल विक्रेता र खुद्रा औषधी विक्रेताहरु बिच द्वन्द्वले आम उपभोक्ता मर्कामा पर्ने गरेको उल्लेख गर्दै खुद्रा औषधी ब्यवसायीहरु पेशाप्रति वफादार, उपभोक्ता प्रति उत्तरदायी बन्न आग्रह गरे ।

संघका जिल्ल अध्यक्ष सुरज भट्टराईले रुपन्देहीमा हरेकजसो क्षेत्रमा फरकफरक समस्याहरु रहेको बताए ।

भेलामा उपस्थित व्यवसायीहरुले फुट सप्लिमेन्ट्री र कस्मेटिक औषधी विक्रिमा विरामीहरुले पाउने डिस्काउन्ट, औषधीको म्याद सकिने लगायतका समस्यालाई समाधानका बाटो खोल्न सरोकारवालालाई सुझाव दिएका थिए । कतिपय कस्मेटिक उपचार र औषधी स्टकमा राख्नुपर्ने बाध्यता रहेरपनि यसबाट फाईदा नहुने उनिहरुले बताए ।

गुणयुक्त असरयुक्त, जनसुरक्षित औषधीको आपुर्ति, हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको संघले ब्यवसायिक हितका लागि क्षेत्रगत ४ वटा भेला, सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान, आर्थिक सहयोग लगायतका कार्यक्रमहरु सम्पन्न गरि सकेको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ५ : ३९ बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३