३ पुस २०८२, बिहिबार | December 18, 2025

वातावरणमा केही सुधार, प्रदूषणको जोखिम कायमै



काठमाडौं । वायु प्रदूषणले बिग्रिएको काठमाडौं लगायतका साथै नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि अझै अस्वस्थकर नै छ ।
सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार भई नसकेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए ।

उनले अझै सतर्कता अपनाउन पनि सुझाव दिए । विभागको वायु प्रदूषण मापन यन्त्रले वायुको अवस्था ‘अति हानिकारक’बाट ‘अस्वस्थकर’ सूचाङ्क देखाइरहेको छ । पीएम २.५ को आधारमा विभागले गरिरहेको विश्लेषणअनुसार काठमाडौंको वायुको सूचाङ्क बुधबार २२८.९२५ माइक्रोग्राम प्रतिघनमिटर प्रदूषण कायम रहेको छ ।

पीएम २.५ माइक्रोन भन्नाले वायुमा रहेको सबैभन्दा सूक्ष्म कण हो । कपालको रौँभन्दा २५ गुना सानो कण जुन हावाको माध्यमबाट सजिलै मानिसको फोक्सोसम्म पुगेर बिरामी तुल्याउन सक्छ । यो माक्स लगाएर हिँड्दा पनि सजिलै मानिसको शरीरमा प्रवेश गर्न सक्छ ।

योभन्दा सात गुणा ठूलो पीएम १० माइक्रोग्राम प्रतिघनमिटरको कण भने आगो बाल्दा वा घर भत्काउँदा निस्कने कण जत्तिको हुन्छ । रौँ जत्रो कण भने ७० माइक्रोग्राम प्रतिघनमिटरको धुलोको कण हो ।

हाल वायुमा रहेको धुलोको कणमा भने सबैथरिको मिश्रण रहेको पाइएको छ । त्यसको विश्लेषण विभागले गरिरहेको जनाएको छ । बुधबार बिहानैदेखि बादल हटेर हावा चल्न थालेकाले प्रदूषणयुक्त वायु तल्लो तहबाट माथितिर उक्लन थालेको हो तर हावाको वेग राम्रो नरहेकाले उपत्यकाको डाँडाछेउमा छेको लागेर तुवाँलोको रूपमा प्रदूषणयुक्त वायु बसिरहेको छ ।

काठमाडौंसहित जनकपुर, विराटनगर, मकवानपुर, चितवन, पोखरासहितका सहरको वायु अस्वस्थकर प्रदूषणयुक्त रहेको छ । त्यसले अत्यावश्यक कामबाहेक अझै पनि घरबाहिर धेरै हिँडडुल नगर्न विभागले सुझाएको छ । लामो समय पानी नपर्दा स्थानीय वायुमण्डलमा तैरिएको धुलो, धुवाँसँगै पश्चिमी वायुले भारतहुँदै ल्याएको धुलोका कणका कारण विगत दुई दिन काठमाडौंलगायत नेपालका सहरको वातावरण ‘अति हानिकारक’ अवस्थामा पुगेको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : ५७ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन