६ श्रावण २०८३, बुधबार | July 22, 2026

वातावरणमैत्री विकास आवश्यक : मुख्यमन्त्री गुरुङ 



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

४७औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं ३, ४ र ९ को सङ्गमस्थल पालिखेचोकमा निर्मित उद्यानमा आयोजित कार्यक्रममा उहाँले पोखराको वातावरणमैत्री विकास आवश्यक रहेको बताउनुभयो ।

पोखराको मनोरम प्राकृतिक सौन्दर्यता यहाँको वातावरणीय स्वच्छताको उपजसमेत रहेको बताउँदै उहाँले वातावरण संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखराको सुन्दरतालाई भावी पुस्तासम्म पु-याउनका लागि पनि वातावरण संरक्षणको विकल्प नभएको उल्लेख गर्दै उहाँले सबैको सामूहिक प्रयासमा यसको संरक्षण र विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

मुलुककै पर्यटकीय राजधानीका रूपमा रहेको पोखरामा फराकिला सडक, पार्क निर्माणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै उहाँले त्यस्ता विकास निर्माणमा सरकार निर्मम भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पोखरामा अन्तर्राष्ट्रियस्तरको सेमिनार हल निर्माण गर्नका लागि जग्गाको खोजी भइरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यकता औँल्याउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरको सौन्दर्यकरण गर्ने उद्देश्यले सो स्थानलाई चक्दाबन्दी गर्न सफल भएको र महानगरले एक वर्षको अवधिमा परिणाम देखिने गरी काम गरिरहेको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं ४ शङ्कर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका इञ्जीनियर बाबुराम भण्डारीले पार्क निर्माणका गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सो स्थानमा रहेका घर हटाउन र जग्गा खरिदमा महानगरपालिकाले दुई करोड ७३ लाख र पार्क निर्माणमा रु ६३ हजार लगानी गरेको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  १२ : २८ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९