६ श्रावण २०८३, बुधबार | July 22, 2026

वातावरण संरक्षण गर्न मानिस आफैँ जागरुक हुनुपर्ने



काठमाडौं । वातावरण संरक्षण गर्न मानिस आफैँ जागरुक हुनुपर्ने सहभागीले बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र, नेपालले आइतबार आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा भएको ‘माननीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा कोभिड–१९ को वातावरण संरक्षण गर्न सकेमात्र मानिसले स्वच्छसँग बाँच्न पाउने बताएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले अहिले कोभिड–१९ को महामारीले वातावरण संरक्षण गर्न सिकाएको बताउनुभयो । उहाले अहिले बन्दाबन्दी (लकडाउन) ले गर्दा देशभरिको नै वातावरण स्वच्छ रहेकाले अहिलेकै जस्तै वातावरण बनाउन सके मानिसमा कुनै पनि किसिमको रोग नलाग्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौंका जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल सोमबारदेखि जनजीवनलाई सहज बनाउन लकडाउनको स्वरुप परिवर्तन गरिन थालिएको बताउनुभयो । उहाले सरसफाइ राख्न सकेमात्र कोरोना भाइरसबाट बच्न सकिने भन्दै कुहिने र नकुहिने फोहरलाई अलगअलग व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौं उपत्यकामा दैनिक एक हजार १४३ मेट्रिक टन फोहर उत्सर्जन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न स्थानीयवासीको अग्रसरता हुनुपर्ने बताउनुभयो । उहाले काठमाडौंमा मात्र दैनिक एक हजार राँगाको बध गर्ने भएकाले त्यस्तो बधको अन्त्य गर्न महानगर लागिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका प्रमुख डा सुवास घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने बताउनुभयो ।

वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष तीर्थ कोइरालाले पत्रकारले नेताका भाषणमात्र नलेखेर वातावरणले पार्ने प्रभावबारे लेख्नुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ४४ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९