१६ माघ २०८२, शुक्रबार | January 30, 2026

गल्छी-मैलुङ सडकमा ६५ प्रतिशत बढी प्रगति



काठमाडौं । उत्तरी छिमेकी चीन जोड्ने प्रमुख नाकाका रूपमा विस्तार भइरहेको सडक खण्ड हो, गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक ।

सोही सडक आयोजनाका अधिकारी, प्रधानमन्त्री कार्यालयका विज्ञ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीसहितको टोलीले अनुगमन गर्दै विस्तारलाई गति दिन पहलकदमी अघि बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमन्त्री वसन्तकुमार नेम्वाङको संयोजनमा बिहीबार सोही सडकको विषयमा छलफल भएको छ । मन्त्री नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायत सहभागीको छलफलले सडक विस्तारको अवस्थाको विषयमा समीक्षा गरेको छ ।

आयोजनाको हालसम्मको प्रगतिबारे आयोजना प्रमुख नारायणदत्त भण्डारीले प्रस्तुति दिएका छन् । छलफलमा मन्त्री नेम्वाङले सडक विस्तारको कामलाई तीव्र गतिमा अघि बढाएर समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

८२ किलोमिटर लामो उक्त सडक तीन खण्डमा विभाजन गरेर विस्तारको कार्य भइरहेको छ । उक्त सडक विस्तारमा १५ अर्ब लागत अनुमान गरिएको छ । गल्छी-मैलुङ खण्डमा ६५ प्रतिशतभन्दा बढी प्रगति भइसकेको प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले जानकारी दिए ।

मैलुङ-स्याफ्रुबेंसी सडकको गत साउनदेखि ठेक्का लागेको छ भने स्याफ्रुबेंसी-रसुवागढी सडकखण्डको ३९ महिनामा काम सम्पन्न गर्ने गरी गत वर्षदेखि चिनियाँले बनाउने गरी ठेक्का लागेको छ । कोरोना भाइरस, मुआब्जालगायतका कारण सडक विस्तारको लक्ष्यअनुसार काम सम्पन्न हुन सकेको छैन । उक्त समाचार आजकाे राजधानी दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : २० बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता