२० मंसिर २०८२, शनिबार | December 6, 2025

डल्लपमा ठोकिँदा बर्दियामा मोटरसाइकल चालकको मृत्यु



बर्दिया । बर्दियामा सवारी दुर्घटनामा पनि एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका १ डुम्रेनी बस्ने २२ वर्षीय त्रिभुवन आचार्यको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।

आचार्य सवार मोटरसाइकल बिहीबार राति मनुषा टिकासिंह थापा बहुमुखी क्याम्पसनजिक डल्लपमा ठोकिँदा आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको उपचारका लागि मेडिकल कलेज कोहोलपुर लैजाने क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार रहेको अर्का १ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका १ डुम्रेनीकै अन्दाजी २२ वर्षीय तिर्थ आचार्य घाइते भएको प्रहरीले जनाएको छ । उनको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

कुहिरो लागेको र डल्लपमा रिफ्ल्याक्टर नभएका कारण रातीको समयमा डल्लप नदेखिएकोले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : ४४ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय