७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

७७ वटै जिल्लाबाट संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई विरोधपत्र पठाईदै



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले आज देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र पठाउँदै छ।

पूर्व घोषित दोस्रो चरणको आन्दोलन अन्तर्गत देशको आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पठाउन लागिएको हो ।

देशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संविधानको पुस्तकका साथ प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक सच्याउन अनुरोध गरिने प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले जनाएको छ।

सो पक्षको भातृ संगठन अनेरास्ववियुले पनि आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । आन्दोलनका कारण हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै गृह प्रशासनले देशैभर सुरक्षा तैनाथी बढाएको गृह स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १० : ०३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल