९ भदौ २०८३, मंगलबार | August 25, 2026

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो



काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पुनः थुना म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराइएको छ ।

उनीमाथिको म्याद थप सम्बन्धी सुनुवाइ न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा हुने तयारी भइरहेको छ ।

पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । अर्थमन्त्री रहेका बेला व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।

यसअघि विशेष अदालतले पौडेलविरुद्ध जारी गरिएको जरूरी पक्राउ पूर्जीलाई स्वीकृति दिँदै सात दिनको थुना म्याद दिएको थियो । सोही आदेशअनुसार उनलाई असार ९ गते पहिलो पटक अदालतमा उपस्थित गराइएको थियो ।

यता, पक्राउविरुद्ध पौडेलकी पत्नी दोमायाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीसँग लिखित जवाफ माग गरेको छ । अनुसन्धान जारी रहेकाले अदालतले थप म्यादबारे निर्णय गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  २ : ५८ बजे

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत