७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजा फाल्ने जनताले ‘सत्ता उन्मादी’ ओलीलाई दण्डित गर्छन् : डा. केसी



काठमाडौं । चिकित्सक एवं सामाजिक अभियन्ता डा. गोविन्द केसीले संविधान कुल्चिने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले फाल्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध शनिबार काठमाडौंको माइतीघरमा आयोजित विरोधसभामा डा. केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने बताएका हुन् ।

संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको शैली ुश्री ७ु महाराजको जस्तो भएको डा. केसीले आरोप लगाए । उनले भने, ‘ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको छ । जनताले श्री ५ महाराजलाई त फाले । अब श्री ७ महाराजलाई पनि फाल्छन्।’

केसीले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको बताउँदै सत्ताको उन्माद चढेका ओलीलाई जनताले दण्डित गरेरै छाड्ने दाबी गरे । अदालतले असंवैधानिक कदमलाई सच्चाएर प्रतिनिधिसभा पुनस्र्थापित गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिनिधि सभा विगठन विरुद्ध सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले विरोध प्रदर्शन आयोजना गरेको थियो । प्रदर्शनमा सहभागीहरुले
‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधानविरुद्धको षड्यन्त्र बन्द गर’, ‘न्यायिक सुशासन कायम गर’, ‘संविधानवादको रक्षा गर’ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  २ : ५८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११