२४ बैशाख २०८१, सोमबार | May 7, 2024

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा प्रहरी र विद्यार्थीबीच झडप, ३ विद्यार्थी घाईते



सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेकोमा सिंहले ज्ञापन पत्र बुझ्न नमानेपछि विद्यार्थी र भिसी सिंहबीच विवाद भएको थियो । विवादले उग्ररुप लिंदै जाँदा बिश्वविद्यालय परिसर तनावग्रस्त बनेको छ ।

प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । परिक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद हुँदा झडप भएको बताईएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ ।

झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्षमण वोगटी घाइते भएका छ्न ।

उपकुलपतिसँग विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रु ग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहिले बताए । घाइतेहरूको स्थानीय माया नर्सिङ होममा उपचार भैरहेको छ ।

 

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ११ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,