१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

अन्य पार्टीसँग समिकरण गरेर भएपनि प्रदेश सरकार जोगाउन ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार जोगिने अवस्था नरहे अन्य दलहरुसँग सहकार्य गरेर पनि सरकार ढल्न नदिन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएका छन्।

नेकपामा फुटपछि प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावका बिषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मातहतका पार्टी कमिटीलाई यस्तो निर्देशन दिएका हुन् । पार्टी फुटपछि पहिलो पटक पार्टी कमिटीलाई अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै ओलीले अन्य पार्टीको सहयोग लिएर पनि प्रदेश सरकार टिकाउन निर्देशन दिइएको छ । पार्टी फुटसँगै प्रदेश सरकारका बिरुद्ध आएको अविश्वास प्रस्तावले संघीयताप्रति जनताको विश्वास टुट्ने र संघीयता विरोधीलाई उत्साहित पार्ने काम गर्ने चिन्ता पनि अपानिमा व्यक्त गरिएको छ। प्रतिनिधिसभा विघटनपछि पार्टी जटिल अवस्थामा आइपुगेको अपानिमा उल्लेख छ।

नेकपाको प्रचण्ड(नेपाल पक्षले ओली पक्षमा रहेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र बागमतती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरिसकेका छन् ।

अपानिमार्फत उनले भइरहेको कमिटीबाट कसैलाई पनि नहटाउन र हाल रहेको कमिटीमा ५० प्रतिशत थप गर्न निर्देशन दिएका छन्। यो निर्देशन पूर्ण रुपमा कार्यान्वयन भए केन्द्रीय कमिटीको आकार २२ सय ५१ पुग्ने छ।

पुस ७ गते भएको ओली पक्षको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यको संख्या ४ सय ४७ बाट बढाएर ११ सय ९९ पुर्‍याएको थियो ।

ओली पक्षको केन्द्रिय कमिटीको बैठक पुस ७ र ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

ओलीले केन्द्रीय कमिटीको आकार वृद्धि गरेको र सदस्य थप गरिएको बताएपनि हालसम्म नामावली औपचारिक रुपमा सार्वजनिक गरिएको छैन। अनौपचारीकरुपमा आएका नामहरुमा पनि कतिपय जिल्लाका नेताहरुले केन्द्रीय सदस्य अस्विकार गर्दै प्रचण्ड नेपाल पक्षमा खुलेका छन् ।

बाहालवाला सदस्यलाई नहटाउन भनिएपनि अपानिमा प्रचण्ड नेपाल पक्षका अध्यक्ष र सचिव भएको हकमा भने हटाउन निर्देशन दिईएको छ ।

 

अपानिको पूर्णपाठ

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/01/Apani-6-Final-Nekapa.pdf”]

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १० : ३५ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा