१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

बाजुरा पुगेर ओली पक्षको नेताले भन्छन् पार्टी फुटेको छैन



बाजुरा । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले पार्टी नफुटेको बताएका छन् ।

आज नेकपा ओली पक्षले जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दे अध्यक्ष थापाले पार्टी फुटेको नभई केहि ब्यक्तिले पार्टी फुटाउने कोसिस भएको हुन सक्ने आशंक व्यक्त गरे ।

बाजुरामा पार्टिको स्थापना कालदेखि आफु रहेकाले कसैले बाजुरामा पार्टी फुटाउन नसक्ने दाबी गरे । आफना कार्यकर्तालाई गाउँमा गएर बाजुरामा पार्टी नफुटेको र कसैले पार्टी फुटाउने दुस्साहस गरे पनि त्यो सम्भव नहुने सन्देश दिन नेता थापाले निर्देशन दिए ।

नेता थापाले भने माधव प्रचण्ड पक्षमा रहेका नेकपाका नेता भीम रावलबाट राजनीति सम्भव नभएको बताए । रावल चाकडी गर्ने र सामन्त र पदको लोभि भएको आरोप लगाउँदै थापाले मन्त्री हुन नपाए पछी रावल पार्टी फुटाउने खेलमा लागेको बताए ।
अध्यक्ष थापाले रावल पार्टी एकता भन्दा आफ्नो पद र प्रतिष्ठाका लागि लाग्ने व्यक्ति भएकाले त्यस पक्षमा नलाग्न कार्यकर्तालाई आग्रह गरे ।

देशमा समृद्धी ल्याउनका लागि आगमी निर्वाचनमा समेत बहुमत ल्याएर जनताको हितमा हुने गरी काम गर्न ओली नेतृत्वको नेकपा तयार रहेको अध्यक्ष थापाले ठोकुवा गरे । ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ११ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका