१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

आजको मौसम : १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली कायम रहेको छैन ।

हाल देशको पहाडी भागमा भू-भागको मौसममा आंशिक बदली रहेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्र ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १७ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । त्यस्तै गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने संभावना रहेको छ ।

देशका अन्य भू-भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

त्यस्तै यी क्षेत्रका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ । देशका अन्य भू-भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम