१७ श्रावण २०८३, आइतबार | August 2, 2026

आजको मौसम : १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली कायम रहेको छैन ।

हाल देशको पहाडी भागमा भू-भागको मौसममा आंशिक बदली रहेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्र ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १७ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । त्यस्तै गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने संभावना रहेको छ ।

देशका अन्य भू-भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

त्यस्तै यी क्षेत्रका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ । देशका अन्य भू-भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : ३९ बजे

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार