१ आश्विन २०८३, बिहिबार | September 18, 2026

रुकुम पूर्वका दुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालन



रुकुम (पूर्व) । रुकुम पूर्वको सिस्ने गाउँपालिका-१का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् ।

मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम-पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट दईसय २१ ले सेवा पाएका थिए । शिविरमा सेवा लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर भन्दा बढी रहेको छ ।

शिविरबाट ७० पुरुष र एक सय ५१ जना महिलाले सेवा लिएका कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिए । शिविरमा भिडियो एक्सरे गरिनुका साथै स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगहको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँच समेत गरिएको थियो ।

शिविरमा ८० को भिडियो एक्सरे गरिएको थियो । पाठेघर सम्बन्धि समस्या भएका नौलाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुको त्यहाँ निशुल्क उपचार गरिने छ । यस्तै दुईमा एचआईभी पोजेटीभ देखिएको छ भने एक जना हेपाटाइटीसका बिरामी फेला परेका छन् ।

शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् । एचआईभी पोजेटीभ देखिएका दुई जनालाई भने रुकुम –पूर्व अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा रामकुमार दास, जनरल फिजिसीयन डा अरविन्दकुमार यादव लगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए । जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।

सदरमुकाम आउन पनि हिडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुशी भएका छन् । निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो भने औषधी पनि बोकेरै पुर्याइएको हो ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ५४ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा