७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

झापा स्थित भुटानी शरर्णार्थी शिविरमा आगलागी, १ जना शरर्णार्थीको मृत्यु



झापा । झापास्थित भुटानी शरणार्थी शिविरको एक छाप्रोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार साँझ साढे ७ बजे दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरर्णाथी सिबिर सेक्टर नं. डी ४, छाप्रा नं. ३२५ मा बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो।

राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन ।

दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।पीडित परिवारले भने ८ लाख बढीको सरसामान जलेर नष्ट भएको बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ५८ बजे

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी