८ चैत्र २०८२, आइतबार | March 22, 2026

डा.बाबुराम र डा. देवेन्द्रराजले गरे केपी ओलीलाई राजा महेन्द्रको तुलना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानलमा अन्तवार्ता दिएसँगै सो अन्तरवार्तालाई लिएर नेपालमा क्रिया र प्रतिक्रिया आउन थालेको छ ।

ओली समर्थक बुद्धिजिवीहरुले ओलीको अन्तरवार्तालाई महाराष्ट्रबादी, साहसी, स्पष्ट वक्ता, निडर ईत्यादी उपमा दिएर प्रशंसा गरेका छन् भने ओली ईतरका बुद्धिजिवी, राजनीतिज्ञ तथा विश्लेषकहरुले नक्कली राष्ट्रवादी, नेपाली मिडीयाले नपत्याएपछि भारतीय मिडियाको प्रयोग, पैसा तिरेर मिडीया बोलाईयो जस्ता आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीको अन्तरवार्ता प्रशारण भएसँगै पूर्व प्रधानमन्त्री एवं राजपा नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ गुथाएर देशलाई प्रतिगमनलाई संस्थागत गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले गरेको ट्वीट यस्तो छ ‘ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्रीरबाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकासरपरनिर्भरतामा फसाइनेछ! चेतना भया !’

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तर्वार्तामा लिएर उनको राष्ट्रवादको चर्चा भइरहेका बेला डा. भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

नागरिक अगुवा तथा पूर्व मन्त्री डा. देवेन्द्रराज पाण्डेले पनि प्रधानमन्त्री ओलीको अन्तरवार्तालाई ब्यंग गर्दै राजा महेन्द्रसँग तुलना गरेका छन् । उनी लेख्छन्, राजा महेन्द्र भारतसँगको सम्वन्धमा बराबर खरो राष्ट्रवादी देखिन्थे। कहिलेकाहिं सो अनुरूप राम्रो निर्णय पनि गर्थे। जस्तै, भारतीय चेकपोष्ट नेपाली भूमिबाट हटाए। तर जागिरकालमा नै सुनेको कुराः तेस्तो कार्यको लगत्तै ‘My Dear India’ भनेर पत्र लेख्न पनि सक्थे। ठिक बेठिक आ-आफ्नो मूल्याँकन।

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १ : ४५ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु