१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

डा.बाबुराम र डा. देवेन्द्रराजले गरे केपी ओलीलाई राजा महेन्द्रको तुलना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानलमा अन्तवार्ता दिएसँगै सो अन्तरवार्तालाई लिएर नेपालमा क्रिया र प्रतिक्रिया आउन थालेको छ ।

ओली समर्थक बुद्धिजिवीहरुले ओलीको अन्तरवार्तालाई महाराष्ट्रबादी, साहसी, स्पष्ट वक्ता, निडर ईत्यादी उपमा दिएर प्रशंसा गरेका छन् भने ओली ईतरका बुद्धिजिवी, राजनीतिज्ञ तथा विश्लेषकहरुले नक्कली राष्ट्रवादी, नेपाली मिडीयाले नपत्याएपछि भारतीय मिडियाको प्रयोग, पैसा तिरेर मिडीया बोलाईयो जस्ता आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीको अन्तरवार्ता प्रशारण भएसँगै पूर्व प्रधानमन्त्री एवं राजपा नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ गुथाएर देशलाई प्रतिगमनलाई संस्थागत गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले गरेको ट्वीट यस्तो छ ‘ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्रीरबाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकासरपरनिर्भरतामा फसाइनेछ! चेतना भया !’

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तर्वार्तामा लिएर उनको राष्ट्रवादको चर्चा भइरहेका बेला डा. भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

नागरिक अगुवा तथा पूर्व मन्त्री डा. देवेन्द्रराज पाण्डेले पनि प्रधानमन्त्री ओलीको अन्तरवार्तालाई ब्यंग गर्दै राजा महेन्द्रसँग तुलना गरेका छन् । उनी लेख्छन्, राजा महेन्द्र भारतसँगको सम्वन्धमा बराबर खरो राष्ट्रवादी देखिन्थे। कहिलेकाहिं सो अनुरूप राम्रो निर्णय पनि गर्थे। जस्तै, भारतीय चेकपोष्ट नेपाली भूमिबाट हटाए। तर जागिरकालमा नै सुनेको कुराः तेस्तो कार्यको लगत्तै ‘My Dear India’ भनेर पत्र लेख्न पनि सक्थे। ठिक बेठिक आ-आफ्नो मूल्याँकन।

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १ : ४५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम